सिरहाको मिर्चैया नगरपालिकामा एक जना युवकको शव फेला

  • असार ३०, २०७९
  • १३२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  सिरहाको मिर्चैया नगरपालिकामा एक जना युवकको शव फेला परेको छ। मिर्चैया न.पा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया न.पा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो। हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिडेका साहको शव आज विहान स्थानियले सडक छेउमा देखेपछि प्रहरीलाई खवर गरेको थिए। उनी चढेको मोटरसाईल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ। जानकारी पाउनासाथ तत्काल पुगेका प्रहरीले मोटरसाइकल अनियन्त्रीत भएर लडेको हुनसक्ने अनुमान गरेपनि घटना सङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए। उनले तत्काल घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि आशङ्का गर्ने ठाउँ रहेको जनाए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए। घरबाट हिजै निस्केकाभएपनि गाउँबाट जन्ती जाने भएकाले जन्ति गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएको छ। उनीहरुले विहान प्रहरीले खवर गरेपछिमात्र घटनाबरे जानकारी पाएको जनाए। उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ। त्यसैले उनी तरकारी किनेर घर फर्किने क्रममा नै घटना भएको अनुमान गरिएको छ। प्रहरीले पनि राती नै घटनाभएको हुन सक्ने बताए। 

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय नारी ...

रहमुल लहान २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्र ...

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१