Siraha Times
ताजा समाचार

वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा सरावल गा.पा. वार्ड नम्बर ५ को वार्ड कार्यालयमा स्थानीय द्वारा ताला

  • असार २८, २०७९
  • १००२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी, नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार तालाबन्दी गरेका छ्न । गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी तालाबन्दी गरिएको आक्रोशित स्थानिय बासिहरुले बताएका छ्न । राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको र गरिबलाई छोडेर सम्पन्न परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुईजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका हुन । वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डमा लगाइएको ताला नखोलिने स्थानियबासिहरुको भनाई छ। यस विषयमा सरावल २ का कार्यवाहक वडाध्यक्ष सङ्ग बुझ्दा उहाले आफू कार्यवाहक भै काम गरेको दुई दिन मात्र भएका ले यस विषयमा आफुलाइ खासै जानकारी नभएको र आफू ले संबंधित निकाय मा बुझ्ने प्रतिक्रिया दिनुभएको छ । सरावल गाउपालिकाको वार्ड नम्बर ५ ले ४०० जाना को नाम पठायकोमा प्रभावित को संख्या एक सय तिन जनाको नाम मात्र सिफारीस भइ राहत वितरणको लागि पालिका बाट आएको छ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१