Siraha Times
ताजा समाचार

बरेली दरगाह आला हजरतको फरमान प्रसंसनीय रहेको इत्तेहाद नेपाल अध्यक्ष खां

  • असार २६, २०७९
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी, अषाढ २६ राजस्थानको उदयपुर हत्या कांडलाई लिएर बरेलीको दरगाह आला हजरतले एक फरमान जारी गर्दै उदयपुर कांडको घोर निंदा गरेका छन् l सो फरमानमा इस्लामले कुनै व्यक्तिको घाटी काटने, व्यक्ति लाई मार्ने धमकी दिने, कसैको ज्यान लिने, अपराधिक कृयाकलाप गर्ने जस्तो कुरा इस्लाम धर्मले इजाजत दिदैन् l यस्तो गर्ने व्यक्ति अपराधी हुने तथा तयस्ता व्यक्ति लाई कानून अनुसार सजाय हुनुपर्ने बताए l राजस्थानको उदयपुरमा भएको घटना लाई लिएर तंजीम उलमा ए इस्लाम को बैठक बसी कन्हैयालाल को हत्यामा सामेल आरोपी अपराधी रहेको ठहर गरेको छ l फरमान जारी गर्दै तंजीमका राष्ट्रीय महासचिव मौलाना शहबुद्दीन रजवीले बयान जारी गर्दै भनेकी मुस्लिम हरूले आपराधिक गतिविधिमा संलग्न हुनु हुदैन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको साथ र समर्थन समेत गर्नु हुदैन तथा तयस्ता अपराधी गतिविधि गर्ने व्यक्तिको जानकारी पाए तुरंत सम्बंधित निकायमा खबर गर्ने तथा आपराधिक घटना रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताउदै कोही कसैले कानुन हातमा लिन नहुने र सजाय दिने काम न्यायालयको हुने फरमानमा बताएका छन् l सोही फरमानलाई लिएर इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां ले राजस्थानको उदयपुर कांडलाई लिएर बरेली दरगाह आला हजरतले जारी गरेको फरमान प्रशंसनीय रहेको बताउदै व्यक्तिले हत्या गर्नु भनेको इस्लाम शरीयतको प्रकाशमा दोषी हुन्छ र उ सजायको हकदार हुन्छ अत: दोषीले सजाय पाउनुपर्ने बताए l खां ले धार्मिक सहिष्णुता कायम राख्दै हामी अगाडि बढ्नु पर्ने आवस्यकता रहेको किफायतुल्लाह खांले बताए l

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१