Siraha Times
ताजा समाचार

जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झडप

  • असार २०, २०७९
  • १३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी  १९ असार /जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरमा दुईपक्ष बीच झडप भएको थियो ।झडपमा परि एकजनाको हात भाँचिएर स्टिल लागेको छ।वडा अध्यक्ष भने हात कसले भाँचेको हो भनेमा अनिभिज्ञता प्रकट गर्छन .
 
जनप्रतिनिधि आफ्नो क्षेत्रमा रहेका आम नागरिकको प्रतिनिधि हो बुझ्न कुनै दुबिधा छैन ।चुनावी पुर्वाग्रह राख्ने जनप्रतिनिधि समाजको लागि घातक साबित हुन्छ ।त्यस खालको मानसिकताले समाजिक सद्भावमा खलल पुर्याउने काम गर्छ ।बिकास र सुशासनको कुरा परै जाओस् ,त्यसता जनप्रतिनिधिले समाजलाई अस्थिर बनाउछ ।द्वन्द्व निम्त्याउँछ र अशोभनीय घटना निम्त्याउँछ ।
 
यस्तै प्रकृतिको घटना घटाउने जनप्रतिनिधि सप्तरीमा फेला परेको छ।जिल्लाको बोदे बर्साइन नगरपालिका १० का वडा अध्यक्ष सुमित यादव पुर्वाग्राही सोचले ग्रसित छ्न।सेवाग्राही जनतालाई उनले आफुलाई मत दिएको वा नदिएको आधारमा व्यवहार र प्रतिशोध साध्ने कार्य गर्ने गरेको छ।उनले सो वडा बस्ने शिवकुमार दासलाई आफ्ना समर्थकबाट साङ्घातिक हमला गर्न लगाए ।
 
चोटपटकले दासको हातको हड्डी भाँचिएको छ।छिन्नमस्तामा उपचार गराएको दासको हातमा के वायर(स्टिल)लागेको छ। असार ११ गते शनिबार राती ११ बजेको घटना हो।श्री राष्ट्रिय आधारभूत बिद्यालय खडकपुरको बिधालय व्यवस्था समितिको अध्यक्ष रामउमेश दासको घरमा भोज थियो ।भोजको आमन्त्रणमा वडा अध्यक्ष , पीडित शिवकुमार दास ,वडा अध्यक्षको समर्थक अर्जुन दास र श्रवण दास लगायतका आमन्त्रितहरु भोज खान पुगे ।भोज खानेबेला शिवकुमारले वडा अध्यक्षलाई एउटा खानेपानी ट्युबवेल उपलब्ध गरिदिन आग्रह गरे।
 
शिवकुमार भने रक्सी खाएको थिए । अध्यक्षसंग आवेश देखाएर ट्युबवेल मागेको निश्चयमा उनीहरु पुगे ।त्यहीँ स्थित भनाभन शुरु भयो ।अर्जुनले शिवकुमारलाई किन गाली गरेको भनेर थर्काए ।लछारपछार शुरु भयो ।अन्ततः शिवकुमारलाई लाठीले अर्जुन र श्रवणले प्रहार गर्यो ।लाठीको चोटले मेरो हात भाँचिएको आरोप शिवकुमारले लगाएका छ्न। हात भाँचिएपनि वडा अध्यक्षका समर्थकहरु सन्तुष्ट भने भएन ।वडा अध्यक्ष यादवले नजिकैको प्रहरी चौकीमा फोन गरे।
 
चौकीका प्रहरीले पनि वास्तविकता नबुझी हात भाँचिएको अवस्थामा चौकीमा केही बेर नियन्त्रणमा राख्यो । पीडित शिवकुमारले वडा अध्यक्षको निर्देशनमा आफुलाई अर्जुन दास र श्रवण दासले हात भाँचेको आरोप लगाएको छ भने वडा अध्यक्ष यादवले आफुलाई केही थाहा नभएको बताउछन् ।अध्यक्ष यादवका अनुसार झगडा हुनेबेला आफू घटनास्थलमा नरहेको र कसले हात भाँचेको हो भनेर मलाई केही थाहा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१