Siraha Times
ताजा समाचार

सन नेपाल द्वारा पीडितलाई १४ लाख मृत्युु दाबी भुक्तानी

  • असार १९, २०७९
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ असार - सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर २ घर चत्री बस्ने मो. शेख अब्दुलका कान्छो छोरा करिब ९ महिना अगाडि ठुलो सपना बोकेर वैदेशिक रोजगारीमा शेख सारुखले कतार पुगेका गएका थिए। घरको अवस्था निकै कमजोर रहेका शेख सारुखले घरको आर्थिक सम्पन्न गर्न कतार पुगेका थिए। सपना अधुरै रहियो उनलाई कतार्मै मृत्यु भएका थिए। मृतक सारुख घरको दुई छोरा मध्ये सब भन्दा कन्छो छोरा थिए। वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा क्रिया खर्च सहि पुत्र शोकमा रहेकी जैसा खातुनलाई सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सहज रूपमा पीडित खातुनलाई १४ लाख मृत्यु भुक्तानी गरेका छन्। पत्रकार महेश सिंह र पीडितको आफन्त शेख अजिजुलको रोहबरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्। प्रबन्धक महतो करिब ३ बर्ष देखी निरन्तर पत्रकारको रोहबरमा जो सुकै मृत्यु दाबी भुक्तानी हस्तान्तरण गर्दै आएका छन्।प्रबन्धक इन्स्योरेन्सको क्षेत्रमा निकै लोकप्रिय ब्यक्तीको रूपमा चिनिन्छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१