Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

  • असार १४, २०७९
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत कपिलवस्तु विजयनगरमा कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विजयनगर गाउँपालिका ले सबैमा समता हुनुको साथै शिक्षामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले यो अभियान संचालन ल्याएको शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले जानकारी दिनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोपाल बहादुर थापाले पालिका भित्र पढ्ने सबै दलित बालबालिकाको शुल्क अगामि आर्थिक वर्ष देखि गाउँपालिकाले तिर्ने बताउनु भएको छ ।

उच्च शिक्षा हासिल गर्न दलित समुदायको बालबालिकामा लाग्ने खर्चमा गाउँपालिकाको दायित्व रहने थापाले बताउनु भयो । गाउँ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले दलित समुदायको छात्रछात्राहरुलाई छात्रवृत्ति कार्यले समाजमा समता ल्याउने बताउनु भयो । माथिल्लो कक्षा सम्म पुग्ग पुग्दै आर्थिक अभावले बीचमै कक्षा छोडेर जाने प्रवृतिले उच्च शिक्षामा कमि रहेकोले यस कार्यले थप सहयोग पुग्ने विस्वास लिएको चौधरीले दावी गर्नुभयो । सामाजिक विकास संयोजक दिनेश कुमार चौधरीले शिक्षा बाट बन्चित नहुनको लागि यो अभियानलाई निरन्तरता दिने बताउनु भयो । विजयनगरमा छात्रा प्रोत्साहन अन्तर्गत साइकल वितरण तथा स्टेशनरी,सुरक्षित प्रसुति सेवामा विमा लगाएत विभिन्न कार्य गर्दै आइरहेकोे चौधरीले बताउनु भयो ।पालिका द्वारा प्रदान गरिएको दलित छात्रवृत्ति कक्षा ११ र १२ पढ्ने ६५ जनालाई जनही प्रति विद्यार्थीलाई ३ हजार ६ सय का दर २ लाख ४३ हजार को चेक कक्षा १२ सम्म संचालित ३ वटा माध्यमिक विद्यालयलाईको प्रधानाध्यापक लाई हस्तान्तरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

हरेक क्षेत्रमा पछाडी रहेकोे दलित समुदायलाई माथि उठाउन विजयनगरमा पैरवी गर्दै आइरहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज अध्यक्ष तौलेश्वर खटिकको विशेष पहल दलित छात्रवृत्ति वितरण कार्यको थालनी भएको छ । कार्यक्रममा दुधाधारी मावि का प्रधानाध्यापक सुग्रीव प्रसाद कोरी,विद्यार्थी उमा सुनार र लौटन राम द्रोपदी देवी माविका विद्यार्थी विजय कुमार धोवीले समेत सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१