लक्ष्मण ललिता कुशवाहा विधालयद्वारा सम्मान तथा उद्घाटन कार्यक्रम

  • असार १४, २०७९
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान असार १४ आज लक्ष्मण ललिता कुशवाहा माध्यमिक विधालय लहान -३ रघुनाथपुरले सिरहा जिल्ला समन्वय समिति सिरहाको नवनिर्वाचित प्रमुख दिनेश महताे, लहान नगरपालिका को नव निर्वाचित नगर प्रमुख महेश प्रशाद चाैधरी उप-प्रमुख राम चलितर महताे, वाडा अध्यक्ष रामदयाल महताेलाई विधालय व्यवस्थापक समितिकाे अध्यक्ष राम नारायण मेहता संस्थापक लक्ष्मण मेहताले दाेसाला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताेले आफू यस जिल्लाकाे चाैतर्फि विकासमा निरन्तर लागेर दिगो विकासकाे अवधारणा अनुरुप विकास गर्ने जस अन्तरगत शिक्षाकाे विकास पहिलो प्राथमिकता रहेकाेले यस विधालयकाे विकासकाे लागि हामीले सक्दाे सहयाेग गर्ने जनाउनु भयाे ।

लनपा मेयर महेश प्रसाद चाैधरीले शिक्षामा गुणात्मक सुधार ल्याउन विधालयमा खाजा कार्यक्रम दलित वस्तिमा ट्युसन कक्षा र शिक्षक अपुग भएकाे विधालयमा लनपाबाट शिक्षक नियूक्ति गरेर पठन पाठन प्रभावकारी बनाउन लागेकाे कुरा ब्यक्त गर्नु भयाे । लनपा उप प्रमुख राम चलितर महताेले याे विधालय नेपाल र भारतमा प्रख्यातरहेको सगरमाथा चाैधरी आँखा अस्पतालकाे नजिकै रहेकाेले यसलाई सुविधायूक्त, सुन्द,गुणस्तरीय बनाउनु पर्नेमा जाेड दिनु भयो यसकाे लागि लनपाबाट सहयाेग गर्ने जनाउनु भयाे । विधालयकाे पुर्व दिशामा बनाएकाे नव निर्मित सुविधा सम्पन्न कार्यक्रम हलकाे उद्घाटन संस्थापक दाता लक्ष्मण मेहताले रिवन काटेर गर्नु भएकाे थियोे । कार्यक्रमकाे अन्तमा विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण मेहताले याे विधालय शिक्षा क्षेत्रमा छुट्टै ठाेस याेगदान पुर्याउन अगाडि बढीरहेकोले यसकाे भाैतिक पक्षकाे विकासमा लनपाबाट सहयोग भए विधालयकाे थप विकासमा सहयोग हुने जनाउनु भयाे ।

त्यस्तै लहान वाडा नं ८ मा रहेकाे कुशवाहा नेवी ठकनी सदनले आयाेजना गरेकाे सम्मान कार्यक्रममा दाता लक्ष्मण मेहता प्रमुख अतिथि विश्वनाथ महताेले जिल्ला समन्वय समितिकाे प्रमुख दिनेश महताे र लहान नपा उप प्रमुख राम चलितर महताे,वडा नं ३ काे वडा अध्यक्ष राम दयाल महताे लगायत कुशवाहा समाजबाट नव निर्वाचित जन प्रतिनिधिहरुलाई दाेसाला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा लनपा उपमेयर महताेले यस सदनकाे विकासको लागि लनपाबाट दस लाख सहयोग गर्ने घाेषणा गर्नुभयाे भन्ने जिल्ला समन्वय प्रमुख महताेले यस जिल्लामा रहेको सराेकारवाला सबै संस्थाबाट जिल्ला बासिलाई प्रभावकारी सेवा प्रदान गराउन आफू निरन्तर लागि रहने जनाउनु भयाे ।

 

प्रतिक्रिया दिनुहोस

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

पिडितहरुद्धारा अल्ट् ...

रंजित चौरसिया,वीरगंज २ भदौं । अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१