लहानमा अन्तर्राष्ट्रिय याेगदिवश भब्यताकाेसाथ सम्पन्न

  • असार ९, २०७९
  • ११४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान ९ असार - सिरहाको लहान ४ रहेको सुविधा सम्पन्न पतंजली याेग आयृवैद आश्रममा आयोजना गरेकाे अन्तर्राष्ट्रिय याेग दिवसको उद्घाटन लनपाकाे उपमेयर रामचलितर महताेले पानसमा बत्तीबालेर गरेकाे थियोे । कार्यक्रमकाे अध्यक्षता पतंजली याेग आयृवैद आश्रम लहान सिरहाको अध्यक्ष डा विपि चाैधरीले गर्नुभएको थियोे भन्ने अतिथिमा लनपा वडा नं २३ काे अध्यक्ष बद्री यादव,वडा नं २४ काे वडा अध्यक्ष रासलाल यादव वडा नं ४ काे अध्यक्ष राम नाथ पण्डित याेग गुरु राेहित न्याेपाने लगायतका अतिथिहरु सहभागीता भएका थिए ।

Open photo

कार्यक्रममा उपमेयर महताेले यस संस्थाले याेगकाे माध्यमबाट लनपावासिलाई स्वास्थ्य र समुनत समाज निर्माण गर्ने कार्य निरन्तर गरिएकोले यसकाे विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पतंजली याेग समितिकाे जिल्ला अध्यक्ष डा. विपि चाैधरीले पूर्ण निष्ठाकाे साथ यस संस्थामा लागेकाे कारण आज याे अवस्थामा पुगेको चर्चा गर्नु भएको थियोे । जिल्ला अध्यक्ष चाैधरीलेे आज याे दिवस विश्वमा लगभग ४५ लाख याेगीहरु यस कार्यक्रममा एकैसाथ विभिन्न ठाउँमा सहभागी भएका छन् याेगनै मानव जिवनकाे प्रमुख आधार भएकोले यसकाे विकास गर्नमा सराेकारवला सबै पक्षले सहयोग गरे याे आश्रम मधेस प्रदेशको नमुना बनाउनेमा जाेड दिनुभयो ।

Open photo

वडा अध्यक्ष रायले यस संस्थाकाे शाखा प्रत्येक वडामा हुनुपर्नेमा जाेड दिनुभयाे। समितिकाे जिल्ला मिडिया प्रभारी शिव कुमार शाहले यस समितिलाई यहाँ सम्म पुर्याउन समितिकाे अध्यक्ष डा. विपि चौधरीकाे महत्त्वपूर्ण याेगदान रहेको कारण आज हामीले आफ्नै भवनमा याेग दिवस मनाई रहेका छाैं। भाैतिक पक्षकाे विकासकालागि लनपाबाट सहयोग भए यस संस्थाले थप सेवा प्रदान गर्ने जनाउनु भयो ।कार्यक्रम संचालन संजय अग्रवालले गरेकाे थियाे भने अतिथि सत्कार आश्रमकाे कार्यालय प्रभारी अशाेक स्वर्णकारले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

लहानमा निःशुल्क मोति ...

रहमुल, लहान,२८ चैत्र । सिरहाको लहान नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार का ...

नवराजपुरमा सडक निर्म ...

रहमुल, सिरहा, २८ चैत्र । सिरहाको नवराजपुर गाउँपालिका भित्र सञ्चालन भइरहेका ग्राभेल तथा सडक निर्माण क ...

जनकपुरधाममा बालअधिका ...

सिरहाटाइम्स लहान चैत २८ । बालबालिकाको हक, हित र संरक्षणलाई सुदृढ बनाउन केन्द्रित एक महत्वपूर्ण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१