Siraha Times
ताजा समाचार

विश्वकै उत्कृष्ट बन्यो हमाद अन्तर्राष्ट्रिय विमानस्थल

  • असार ४, २०७९
  • १३४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल फेरी एकपटक विश्वकै उत्कृष्ट बन्न सफल भएको छ।शुक्रबार पेरिसमा आयोजना भएको प्यासेन्जर टर्मीनल एक्स्पोमा अन्तराष्ट्रिय विमानस्थलहरुको सर्वेक्षणमा हमाद विमानस्थल उत्कृष्टमा परेको हो। यात्रुहरुको भोटिङको आधारमा उत्कृष्ट विमानस्थलको सर्वेक्षण गरिएको थियो । विमानस्थल गएको वर्ष पनि उत्कृष्ट चुनिएको थियो ।

 उत्कृष्ट ५ विमानस्थल २०२२

१. हमाद अन्तराष्ट्रिय विमानस्थल,कतार

२. हनेदा (टोकियो विमानस्थल),जापान

३. चंगी अन्तराष्ट्रिय विमानस्थल, सिंगापुर

४. नारिता विमानस्थल

५. इन्चिअन अन्तराष्ट्रिय विमानस्थल,दक्षिण कोरिया

हमाद विमानस्थल यसअघि स्काई ट्रयाक्स बाट विश्वकै ५ विमानस्थल मध्य ५ तारे विमानस्थल भित्र घोषित भइसकेको छ। त्यस्तै यसले स्काई ट्रयाक्स कै उत्कृष्ट विमानस्थल २०१६ को छैठौं स्थानको अवार्ड जितेको थियो। त्यस्तै खाडी क्षेत्रको उत्कृष्ट विमास्थलमा लगातार तेस्रो पटक र उत्कृष्ट स्टाफ सेवाको अवार्ड समेत दुई पटक जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१