नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला लहामा

  • जेठ २९, २०७९
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ जेठ- सिरहाको लहानमा नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ्। संजालको केन्द्रिय अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा केन्द्रिय सल्लाहकार देवनाथ साह रहनु भएको थियो। समुह संजाल नेपालको ३८ वटा जिल्लामा संगठन रहेको केन्द्रिय पदाअधिकारी जयनारायण यादवले बताए।दोस्रो राष्ट्रिय भेलामा नेपालका अधिकांनस जिल्लाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए। बिगत लामो समय देखि कृषि क्रान्ति गर्दै आएका संगठन हुन् ।किसानका समस्यालाई लिएर अवाज बन्दै आएका छन।विभिन्न किसिमका समस्या झेल्दै संजालले किसानको समयमा मल खाद बीउ,उचित मुल्यमा प्रबन्ध हुनु पर्ने मुद्दामा जोड दिदै निर्धारण र किसानहरुले उत्पादन गरिएका उपचको सहि मुल्य निर्धारण र सहि बजारीकरण लगायतका मुद्दामा अवाज उठाउदै आएका छन्।कार्यक्रममा दर्जनौं वक्ताहरुले किसानका हक हितका विषयमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१