Siraha Times
ताजा समाचार

युवा पत्रकार आशिष गुप्तालाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

  • जेठ २८, २०७९
  • ११३२ पटक पढिएको
  • रामएकवाल राम
alt

नेपालगञ्ज, । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै युवा पत्रकार तथा जि नेपाल फाेरके टेलिभिजनका प्रबन्ध निर्देशक आशिष गुप्तालाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।

यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, र महिला पत्रकार रुपनी जिएम समेत रहनु भएको छ । सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेसनमा सहयोग गर्ने विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई पनि सम्मानित गरिएको थियो । उक्त अधिवेसन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१