Siraha Times
ताजा समाचार

सिरहा: पटेर्वाको कमलामा तत्काल डुङ्गा अति आवश्यक:वडा अध्यक्ष यादव

  • जेठ २५, २०७९
  • १११८ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा जेष्ठ २५ गते । सिरहा नगरपालिका वडा न.१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले पटेर्वाको कमलामा डुङ्गा (नाउ)को व्यवस्था हुनुपर्ने बताएका छन । सिरहाPicsart_22-06-08_10-03-13-349 नगरपालिका-१७ श्री आधारभुत विद्यालय पटेर्वामा आयोजित कृतिम अभ्यास कार्यक्रममा वडा अध्यक्ष यादवले सिरहा र धनुषा ओहोरदोहोरको साथ साथै खेतीपाती धनुषा जिल्लामै भएकोले जनतालाई निकै सास्ती भैरहेको बताए । सिरहा नगरपालिकाका नगर-प्रमुख डा.नवीन यादवलाई मंचमै डुङ्गा र झोलुंगे पुल अति आवश्यक भएकोले यसको लागि पहल गर्नुपर्ने बताए । बिकासको काम पनि केही दिनमै गति लिने प्रष्ट पार्दै अहिले सुरुवातको अवस्था भएकोले केही समय लाग्ने यादवले बताए । यस्तै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पुर्व केन्द्रिय सभापति योगेन्द्र नारायण बरबरियाले रेडक्रसको सिडि.एम.सिको कार्यक्रम निकै उपयोगी रहेको बताए ।कमलाको बाधको हाईट धैरै नै कम रहेको छ कम से कम ढेड मिटर हाईट माथी उठाउनु पर्ने र बाधलाई मजबुतिकरण भए हामी खतरा मुक्त हुनसक्छौ । महाकाली नदीमा डेढ किलोमीटर झोलुङ्गे पुल सम्भव छ भने यहाँ पनि झोलुंगे पूलको आवश्यक महसुस भएको बातए । कार्यक्रममा सहायक प्र.जि.अ. उपमेयर बबिता शाह,पुर्व संविधान सभा सदस्य आशा यादव,रेडक्रस सिरहाका सभापति राजदेव यादव,पुर्व प्र.अ राम आशिष यादव लागयत बुद्धिजिवी,किसान,विद्यार्थी लगायत स्थानीयहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१