Siraha Times
ताजा समाचार

नव निर्वाचित जनप्रतिनिधि लाई आखा अस्पताल बहादुरगंजले गर्यो सम्मान

  • जेठ २४, २०७९
  • १११९ पटक पढिएको
  • रामएकवाल राम
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा अवस्थित रहेको छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालले आज एक कार्यक्रमका बिच कृष्णनगर का नव निर्वाचित जनप्रतिनिधि लाई बधाई तथा सम्मान गरेको छl

नेपाल नेत्र ज्योति संघ दाङ शाखा सचिव सुरेन्द्र बहादुर खडकाको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको थियो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले आयोजकलाई हार्दिक धन्यवाद दिदै छन्द( कालेबाबु) नारायणी आंखा अस्पताल बहादुरगंजको मात्र न भै सम्पूर्ण जिल्लाको तथा भारतको व्यक्ति हरू समेत लाभान्वित हुने गरेको बताउदै यस अस्पतालका लागि आफू तथा कृष्णनगर नगरपालिका बाट हुने हरेक सहयोग गर्ने बताए l

कार्यक्रममा छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विक, समशेर थापा, छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर डा. शुलक्ष्मी कटुवालले आफ्नो मन्तव्यमा कृष्णनगरका नव निर्वाचित जनप्रतिनिधि हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालको अवस्था, साधन हरूको उपलब्धता, भौतिक संरचनाको अवस्था, सेवा लिने सेवाग्राहीको संख्या (बार्षिक रूपमा), अस्पतालका को विकास तथा समृद्धिमा नगरपालिका ले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए l

कार्यक्रममा वडाध्यक्ष हरूको प्रतिनिधित्व गर्दै वडाध्यक्ष सतिष कुमार हरिजनले आंखा अस्पतालको विकास तथा समृद्धि कार्यक्रमका लागि आ आफ्नो वडा बाट बजेट छुट्याउन अनुरोध गर्दै अस्पताल ले दिदै आएको सेवा अविस्मरणीय रहने बताए l

कार्यक्रममा उपस्थित नगर प्रमुख, नगर उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत लाई खादा माला लगाई सम्मान गरिएको थियो l
कार्यक्रममा युवा नेता तथा समाजसेवी बैभव प्रताप शाह, शुशील कार्की, देवराज शर्मा, कमल चौधरी, उपेन्द्र चन्द, नशरूल्ला खान, डा. आरती काराखेती लगायतको उपस्थित रहेको थियो l कार्यक्रमका अध्यक्ष सुरेन्द्र बहादुर खडकाले नव निर्वाचित जनप्रतिनिधी हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापनको घोषणा गरे l
कार्यक्रम संचालन अस्पतालका सूचना अधिकारी बालाराम खडकाले गरे l

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१