ताजा समाचार

सिरहाको गोलबजार नगरपालिका २ टुड्कीयामा साहको शब इनारभित्र फेला

  • जेठ १९, २०७९
  • १३१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, १९ जेष्ठ। सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनारभित्र फेला परेको छ। श्रीमतिको औषधी लिन मंगलबार हपरान्ह घरबाट निस्केका ४८ बर्षीय साहको शब आज विहान गाउँकै इनारभित्र फेला परेको हो।औषधी लिएर तुरुन्तै फर्कि हाल्छु भन्दै साइकलमा गएका उनी राती अबेलासम्म पनि नफर्किएपछि खोजतलाश गरीएपनि आज विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शब फेला परेको प्रहरीले जनाएको छ।
 
शब इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीेले जानकारी दिए। घटना बारे थप अनुसन्धान भईरहेको उनले जनाए ।यता मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या बताएका । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताए ।साह एक महिना अधिमात्र वैदेशिक रोजगरीबाट घर आएका थिए। गाउँमा आरसीसी ढलान गर्ने विषयमा उनीसंग स्थानीयको विवादभएको बताएको छ।
 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤