Siraha Times
ताजा समाचार

स्थानीय तह कृषि गणना सहजीकरण समितिको बैठक कृष्णनगरमा समपन्न

  • जेठ १८, २०७९
  • ८३० पटक पढिएको
  • रामएकवाल राम
alt

अजय मिश्र,

कृष्णनगर, जेष्ठ १८ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा स्थानीय तह कृषि गणना सहजीकरण समितिको बैठक सम्पन्न भएको छl

उक्त कार्यक्रममा जिल्ला कृषि गणना कार्यालय कपिलवस्तुका कृषि गणना अधिकृत नन्द लाल कुर्मीले जिल्लामा कृषि गणना कार्यालय चैत्र १ गते देखि स्थापना भई जेष्ठ मसान्त सम्म रहने, सातौं कृषि गणनाको तथ्याङक संकलन कार्य कृष्णनगर नगरपालिकामा बैशाख ६ गते देखि संचालन भै जेष्ठ १९ गते सम्म चल्ने, गणकले कृषि गणनामा तथ्याङक संकलन गर्ने, यस नगरपालिकामा कृषि गणना का लागि ९ जना गणक र २ जना सुपरिवेक्षक परिचालन गरिएको,तथा सुपरवाइजरले सुपरभिजन गर्ने, प्रतेक १० बर्षमा नेपालमा कृषि गणना गरिदै आएको, कृष्णनगर नगरपालिका वडा नं १,३,४ , ५,६,७,९,१०,११,१२ वडामा रेनडण्म सेमपलिङ मेथड द्वारा गणना गरिएको उपस्थित माझ जानकारी गराएका थिए l

उक्त बैठक कृष्णनगर नगरपालिकी उप प्रमुख आरती देवी चौधरीको संयोजकत्वमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे,वडाध्यक्ष तुंग नाथ चौधरी, कृष्ण कुमार गुप्ता, घनश्याम बनिया, वडा सचिव अशोक मिश्र, कपिलवस्तु जिल्लाको सहायक कृषि गणना अधिकृत सीता देवी जैसी लगायतको उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

सप्तरी निवासी सव-इन् ...

उमेश कुमार साह राजबिराज । सप्तरीकाे खडक नगरपालिका वडा -१ ससिस्वा गाउँका हृदय नारायण साह र मीनाद ...

*खडक नगरपालिकामा बाल ...

ओम प्रकाश यादव  लहान वैशाख १० । खडक नगरपालिका, सप्तरी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ् ...

१४ किलो चरेशसहित चा ...

कपिलवस्तु वैशाख ९ । कृष्णनगर नाकाबाट करिब १४ किलो लागुऔषध चरेशसहित चार जना पक्राउ परेपछि सीमावर्ती क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१