Siraha Times
ताजा समाचार

लहान कार्यपालिकाको पहिलो बैठक : डिजे साउण्ड बन्ददेखि किरिया खर्च वितरणसम्म

  • जेठ १७, २०७९
  • ११८१ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा : लहान नगरपालिकाको पहिलो कार्यपालिकाबाट बैठकबाट ११ वटा निर्णयहरु गरेको छ। जसमा ध्वनी प्रदुषण रोक्न डिजे साउण्ड बन्द गर्नेदेखि मुसहर समुदायलाई मृत्युकर्म गर्न करिया खर्च वितरणसम्म छ। पहिलो बैठकबाट धन्यवाद ज्ञापन, किरिया खर्च, राहत, सिफारिस शुल्क, नगर बस भाडा, स्यानेटरी प्याड वितरण, विषयगत विज्ञ नियुक्ति, ध्वनी प्रदुषण, सडक मर्मत, ग्राभेल आपूर्ति र सूचना बोर्ड हटाउने गरी ११ वटा निर्णय गरेको हो। धार्मिक सांस्कृतिक कार्यहरुको नाममा ठूलो आवाजमा डिजे बजाएको स्थानीयवासीहरुबाट गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए। ‘निर्णय भएसँगै कार्यान्वयन प्रक्रियामा बढाउँछौँ। पहिलो पटकलाई ११ सय जरिवाना तिराउने र पुनः सोही व्यक्तिले बजाए। सामग्री जफत गरिनेछ,’ उनले भने, ‘जफत गरिसकेपछि कानून अनुसार कारवाही प्रक्रियामा लग्नेछौँ।’

मुसहर समुदायलाई किरिया खर्चको लागि ५ हजार सहयोग, कोरोना संक्रमणले पिडित भएका परिवारलाई १० हजारको दरले १५५४ जनालाई राहत वितरण गर्ने निर्णय भएको छ। जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता र नागरिकता सिफारिसमा लाग्ने दस्तुर निःशुल्क गर्ने प्रमुख चौधरीले जानकारी गराए। नगर बस सेवा निजीक्षेत्रलाई भाडामा लगाई सञ्चालन गर्ने निर्णय भएको छ। त्यसमा रुट र भाडा दर नगरपालिकाले निर्धारण गर्ने जनाएको छ। कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउन खरिद प्रक्रिया बढाउन निर्णय पनि भएको छ। 

शिक्षा, स्वास्थ्य, सरसफाईलगायत क्षेत्र हेर्नेगरी विषयगत विज्ञ नियुक्ति गर्ने प्रमुख चौधरीले बताए। वर्षाको कारण स्थानीयवासीलाई आउजाउ गर्न कठिनाई भोग्नु परिरहेको भोटियाटोल–सितापुर र लहान १६ स्थित गोविन्दपुर देखि भसुवा, भमरे, काभ्रे स्थानसम्मको सडक मर्मत तत्काल गर्ने निर्णय भएको छ। यसैगरी हिलो भएको ठाउँहरुमा तत्काल ग्राभेल गर्न ग्राभेल आपूर्ति गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१