Siraha Times
ताजा समाचार

दलित युवतीलाई जोरजबरजस्ती गरी महतो फरार

  • जेठ १४, २०७९
  • १८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ जेठ । सिरहाको लहान १३ का भरत महतोमाथी एक दलित युवतीलाई इच्छा विपरित शारिरीक सम्बन्ध जोरजबरजस्ती गरेको आरोप छ । लहान २४ बस्ने एक युवतीलाई बर्ष २२ का भरत महतोले प्रेम जालमा फसाएर २०७८ माघ १९ गते भगाएर लगेका थिए । पीडित युवतीले ‘मलाई केही दिन मिर्चैयामा राखे । त्यसपछि जनकपुर लगे । महिना दिनपछि लहान ल्याए । लहानमा भाडाको घरमा बस्दै आएका थिए । तर, जेठ १० गते राती म सँग भएको गरगहनासहित नगद लिएर मध्यराती भागेको छ ।’ दूई दिनदेखि खोजतलास गरिरहेकी युवतीले जेठ १३ गते इच्छा विपरित शारिरीक सम्बन्ध जोरजबरजस्ती गरेको भन्दै ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । युवतीसँग रहेको सुनको सिकरी १ थान, सुनको वाली २ थान, चाँदीको पायल २ थान र नगद ५० हजार लिएर महतो फरार भएका छन् । लहान प्रहरीले फरार महतोलाई खोजि गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१