Siraha Times
ताजा समाचार

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा चतुरान्नद ठाकुर विजयी

  • जेठ ६, २०७९
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/६ वैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँकार्यपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुरान्नद ठाकुर विजयी हुनु भएको छ। अर्थात लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका नेता चतुर (बाबू) उर्फ चतुरान्नद ठाकुर निर्वाचित हुनु भएको छ। नेता ठाकुर मतगणना दिनदेखि नै सबैभन्दा अग्रणी देखिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन। नेता ठाकुरले समाजमा छोडेका आफ्ना राम्रा छापहरुको आज प्रतिफलसँगै जनताको वहाँप्रतिको भावनाको जित भएको छ। स्रोतका अनुसार नेता ठाकुरले अहिलेसम्म गरेको आफ्ना समाजसेवा , जनता प्रतिको सहयोग सद्भावले आज राजनीतिकको नयाँ पद्धति सुरुवात गरेको छ। पालिकामा ६ वटा वडाहरु छन। वडा न.१ पिप्रा प्रध , वडा न.२ पर्सा पोखरभिण्डा, वडा न. ३ महेशपुर हरिनगर , ४ न.लक्ष्मीपुर , ५ खरुक्याही , ६ सितापुर गाउँहरु पर्दछन। अहिले लक्ष्मीपुर पतारीका ६ वटै वडाहरुमा खुशीको सिमा छोएको छ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१