सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा केदारनाथ यादव २६ भोट ल्याइ विजय

  • जेठ ४, २०७९
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा - सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष जितेर नेकपा एकीकृत समाजवादीले सिरहामा खाता खोलेको छ ।अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादव २६ भोटको अन्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस

उठीवासको त्रासमा मुस ...

रहमुल लहान २० पुष । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ अन्तर्गत सोठियाइन पटना गाउँमा क ...

लहानमा लागुऔषध कारोब ...

लहान पुष २० । सिरहाको लहान नगरपालिका–१ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई ज ...

लहानमा चिसो प्रभावित ...

ओम प्रकाश यादव लहान पुष २० । जाडो यामसँगै चिसो बढ्दै गएपछि लहान नगरपालिकाले विपन्न, दलित तथा जोखिममा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१