ताजा समाचार

सडक नाटकमार्फत लहान–४ मा सरसफाइ र स्वच्छताको सन्देश

  • असोज १३, २०८३
  • २३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। समुदायमा सरसफाइ, स्वच्छता र स्वस्थ जीवनशैलीप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका क्रममा कलाकारहरूले सडक नाटकमार्फत दैनिक जीवनमा सरसफाइको महत्व, शौचालयको नियमित तथा उचित प्रयोग, फोहोरमैला व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका विषयमा सन्देश दिएका थिए।

WhatsApp Image 2026-09-28 at 6.32.23 PM

मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको सडक नाटकले स्थानीय बासिन्दालाई सरसफाइप्रति जिम्मेवार बन्न प्रेरित गरेको थियो। कार्यक्रममा सहभागीहरूले ‘घर–घरको शान, स्वच्छता अभियान’, ‘शौचालयको प्रयोग गरौँ’, ‘फोहोर जथाभावी नफालौँ’, ‘आफ्नो घर–आँगन आफैँ सफा राखौँ’ लगायतका जनचेतनामूलक नारासहित स्थानीय समुदायमा स्वच्छताको सन्देश प्रवाह गरेका थिए। आयोजकका अनुसार सरसफाइ केवल घर वा व्यक्तिगत तहमा सीमित विषय नभई समुदायको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अभियानमार्फत नागरिकमा व्यवहार परिवर्तन ल्याउने प्रयास भइरहेको छ।

WhatsApp Image 2026-09-28 at 6.32.24 PM (2)

विशेषगरी खुला ठाउँमा शौच गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रत्येक घरमा शौचालयको प्रयोग र त्यसको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सडक नाटक हेर्न स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। नाटकमार्फत दैनिक व्यवहारमा सानो परिवर्तन ल्याउन सके पनि घर, टोल र समग्र समुदायलाई स्वच्छ तथा स्वस्थ बनाउन सकिने सन्देश दिइएको थियो।

WhatsApp Image 2026-09-28 at 6.32.23 PM

लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका विभिन्न वडामा सडक नाटक, स्वच्छता र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अभियानले स्थानीय समुदायलाई सरसफाइप्रति थप जिम्मेवार बनाउँदै स्वच्छ, स्वस्थ र व्यवस्थित नगर निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤