ताजा समाचार

स्वास्थ्य सेवामा लामो योगदानपछि जनस्वास्थ्य अधिकृत साहलाई सम्मानसहित बिदाइ

  • असोज १४, २०८३
  • ५५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, असोज, १४ रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत सातौँ तहका भाग्यनारायण साहलाई अवकाश प्राप्त गरेपछि सम्मानपत्र प्रदान गर्दै बिदाइ गरिएको छ। सरकारी स्वास्थ्य सेवामा सिअमे पदबाट आफ्नो सेवाको सुरुवात गर्नुभएका कुशवाहा सेवा अवधिको क्रममा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल जनस्वास्थ्य अधिकृत सातौँ तहको पदमा रही सेवा गर्दै आउनुभएको थियो। भसेढवा स्वास्थ्य चौकीमा करिब ७–८ वर्षदेखि कार्यरत रही स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका साहले समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी उमाशंकर कुशवाहाले जानकारी दिनुभयो।

स्वास्थ्य चौकी परिवारले आयोजना गरेको बिदाइ कार्यक्रममा उहाँलाई लामो समयसम्म स्वास्थ्य क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरी सम्मानपूर्वक बिदाइ गरिएको हो। कार्यक्रममा कटहरिया नगरपालिका–१ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरी, वडा नं. २ का वडाध्यक्ष हरिनदर साह, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी उमाशंकर कुशवाहा, धर्मेन्द्र कुमार दास लगायत राजनीतिक दलका स्थानीय नेता, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कुशवाहाले आफ्नो सरकारी सेवाका क्रममा इमानदारी, जिम्मेवारी र सेवाभावका साथ काम गर्दै स्थानीय नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै प्रशंसा गरेका थिए। बिदाइ कार्यक्रममा उहाँको दीर्घ सरकारी सेवाको सम्मान गर्दै आगामी जीवन सुखमय, स्वस्थ तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। स्वास्थ्य चौकी परिवारले उहाँको योगदानको कदर गर्दै सम्मानपत्रसहित बिदाइ गरेको हो।

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤