Siraha Times
ताजा समाचार

संघले पवित्र महिना रमजानमा गरिब परिवारमा राहत सामग्री वितरण

  • वैशाख १५, २०७९
  • ११७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , कपिलवस्तु बैशाख १४ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई राष्ट्रीय मदरसा संघको कार्यालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु , गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले २५ किलो चामल, ३ रहरको दाल, ५ किलो पिठो, ३ लि.तेल , नून, ३ किलो चिनी ,सेवंती, ३ किलो चना लगायत खाद्यान्न समाग्री वितरण गरेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताए।

पवित्र रमजान महिनामा गरिब ,असहाय लाई राष्ट्रीय मदरसा संघ नेपालले हरेक सम्भव सहयोग दिने तयार रहेको मदरसा संघका राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपालीले प्रतिबद्धता समेत जनाए। उक्त राहत सामग्री वितरण कार्यक्रममा राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी, मोहम्मद मुस्लिम, असरफ खान लगायतको उपस्थित रहेको थिथो l

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१