Siraha Times
ताजा समाचार

भाइरल हुदै यी दुई तस्बिर: मेयर सरावगी नियम कानुनको धज्जि उडाउदै

  • वैशाख ५, २०७९
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, ५ बैशाख / नियम कानुको पालना मात्र सर्वसधारणको लागी रहेको बारे एक घटनाले प्रमाणित गरेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा वीरगंज महानगरपालिका भित्र नेकपा एमालेका नेता तथा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नियम कानुनको धज्जि उडाएको बारे प्रमाणित भएको हो । बिभिन्न समाजिक संजालमा मेयर बिजय कुमार सरावगीले भारतीय नम्बर मोटरसाइकलमा सवार भई घरदैलो कार्यक्रममा निस्के । तर न त चालक नै हेल्मेटको प्रयोग गरे, न त मेयरले नै । यति मात्र होइन मेयर सरावगीको चालक बनेका व्यक्तिले हेलमेट लगाउन आवश्यकता नै देखेन्न । कारण हो, मेयरको पावर र पार्टीको दवंगै । यस बिषयमा बिभिन्न संचार माध्यमका साथ साथै समाजिक संजालमा मेयरले गल्ती गरेको विरुद्ध छयाछयाप्ती बिरोध जनाइएको छ । आफ्नो सत्ताको बल प्रयोग गर्दै नियम कानुनको धज्जि उडाउने मेयर बिजय सरावगीको चौतर्फी आलोचना भइरहेको छ । तर मेयर सरावगी यस बिषयमा केही भन्न अथवा कुनै प्रतिक्रिया नै दिन चाहेन्न । यता वीरगंज महानगरपालिकाको नगर प्रमुख बिजय सरावगीले दिनहु महानगर भित्र ट्राफिक नियमको पालना गर्ने प्रचारवाजीका साथै ट्राफिक प्रहरीद्वारा सर्वसधारणहरुलाई मात्र दुख दिने गरेको स्थानीयले आरोप लगाउन थालेका छन । वीरगंज महानगरपालिका वडा नम्बर १३ का स्थानीयवासीका अनुसार ट्राफिक प्रहरी नियम मात्र सर्वसधारण माथि लाग्ने गरेको तर मेयर माथि कुनै किसिमको नियम नलाग्ने गरेको समाजिक संजालमा राखिएको तस्बिरले प्रष्ट पारिरहेको दुखेसो पोखे । समाजिक संजालमा भाइरल हुदै यि दुई तस्बिरका कारण मेयरको दवंगैको बिषयमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१