जनकपुरको जानकी चौक आज देखी वनवे

  • वैशाख ५, २०७९
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । जनकपुरको प्रमुख चौक जानकी चौकलाई आज देखी वनवेमा परिणत गरिएको छ । जानकी चौकको दक्षिण द्वार देखी पुराणो सुनचादि बाज़ारलाई एकतर्फ़ी सड़कको रुपमा प्रयोग गर्न धनुषा ट्राफिकले विधिवत कार्य अगाडि बढाएको छ ।धनुषाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त राजौरेले एक कार्यक्रम विच पाँच जनालाई माला र टिका लगाई दिएर वनवेको बिधिवत सुरुवात गरेका छन ।

सड़क फराकिलो भएपनि दुइ तर्फी  रुपमा पार्किंग गर्ने भएको दुवै तर्फ बाट आवत जावत हुँदा समस्या  उत्पन्न भएपछि एकतर्फी सड़क प्रयोग गर्न नै यो अभियान सुरु गरिएको धनुषाका प्रहरी प्रमुख रजौरेले स्पस्ट पारेका छन ।उनले यहाँका स्थानीय सुन चाँदी  व्यवसायी संघ , जनकपुरधाम  उद्योग वाणिज्य संघ , वडा नंबर ४ को कार्यालय र स्थानीयको सहमति अनुसार नै वनवेलाई कार्यन्वयनमा ल्याएको बताए ।

उक्त अवसरमा धनुषा प्रहरी प्रमुख रजौरेले अब रामचौक , महावीर चौक हुंदै सुंनचाँदी बजार भयेर जानकी मंदिरको बाटो प्रयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।धनुषा नव ट्राफिक प्रमुख चन्द्रभूषण यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘ यो पुराणो सुंनचाँदी बजार पहिले पनि वनवे नै थियो पछि बीचमा केहि वर्ष अस्त व्यस्त भये अब हामी यहाँका स्थानीय समाजसेवी र युवाको सहयोगमा पुनः आज देखी वनवेको रुपमा प्रयोग गर्न सबैलाई आग्रह गरेका छौ ।जानकी चौक हुंदै जनक चौक र रामचौक हुंदै महावीर चौक भयेर गाड़ीहरू पुनः जानकी चौक जान पाउने छन ।

लवली मोड़ बाट सीधा सुंनचाँदी बजार गाड़ी , मोटर साइकिल लिएर जान पाऊने छैन । बिहान १० बजे देखी सांझ छ बजे सम्म धनुषा ट्राफिकको विशेष उपस्थिति रहने समेत आजै देखी व्यावस्थापन गरिएको छ । सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ , उपसभाति मनीष रमन, सुंनचाँदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता , वडा ४ का अध्यक्ष सुदर्शन सिंह लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१