Siraha Times
ताजा समाचार

१०० औं शतवार्षिक बृहत् कार्यक्रम लहान मालपोत कार्यालयले मनाए

  • वैशाख ४, २०७९
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ बैशाख - सिरहाको लहान स्थित रहेको मालपोत कार्यालयले लिखत पारितको १०० औं शतवार्षिक कार्यक्रम सम्पन्न गरेको छ्।नेपाल सरकारको मातहतमा रहेको भुमि ब्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय भुमि ब्यवस्थापन अभिलेख बिभाग अन्तर्गत पर्ने मालपोत कार्यालय लहानले बृहत रूपमा सम्पन्न गरेका छन्। उक्त कार्यालय लहानले प्रत्येक बर्ष कार्यक्रम मनाईदै आएका हुन्। कार्यालय प्रमुख दिपेन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने ईलाका प्रसाशन कार्यालय लहानका प्रमुख रेवती रेवन शर्मा रहनु भएको थियो।बिशिस्ट अतिथिमा नापी कार्यालय लहानको कार्यालय प्रमुख संजय कुमार सिंहरहनु भएका थिए।

अतिथिहरुमा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक कुमार मैनाली,नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता यादव,सिरहाको हरेक स्थानीय तहको प्रमुख प्रसास्किय अधिकृतहरुको सहभागिता रहेको थियो। प्रमुख अतिथि शर्माका अनुसार नेपाल सरकारले २०७९ बैशाख १ गते बाट अन्लाईन माध्यमबाट सरकारको स्वामित्वमा र कुनै ब्यक्तीको स्वामित्वमा रहेको जग्गाको अभिलेख अन्लाईनको मध्यमबाट अभिलेख राखनको लागी नयाँ माध्यमबाट लागु गरेका छन।

Open photo

ताकि सेवा ग्राही र कार्यालय लाई काम गर्न सहजताको उदेश्यले नेपाल सरकारले सेवा दिन थालेका शर्माले बताए। मालपोतका कार्यालय प्रमुख चौधरीका अनुसार हाम्रो कार्यालयले अरुको जग्गाको संरक्षण गर्छौ जग्गाको अभिलेख राखछौ तर दु:खद कुरा के छ भने हाम्रो कार्यालयको आफनो जग्गा,भवन र सवारी हुन् हुँदा काम गर्न लाई कठिनियाई भएको अवस्था छ्।कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी समेत नरहेको अवस्था छ्।सरकारलाई उक्त कार्यक्रमबाट नै ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१