Siraha Times
ताजा समाचार

सिरहाको धार्मिक स्थलहरूमा व्यवस्थापनको अभाव

  • वैशाख ३, २०७९
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख ३ । सिरहाको धार्मिक स्थलको रूपमा रहेको पतारी धाममा व्यवस्थापनको अभाव देखिएको छ । पर्यटन विकासको जिम्मा पाएका यहाँका गाउँपालिका ले समयमा ध्यान नदिँदा पोखरीमा फोहर वयवस्थापनमा कमी आउनुको साथै धनगढी बजारदेखि पतारी पुग्ने एक मात्र बाटोको विस्तारमा ध्यान नदिँदा पिप्रा भन्दा दक्षिण रहेको प्रवेश द्वारमा भक्त जनलाई मेला स्थलसम्म पुग्न हम्मे हम्मे परेको थियो । गाडी पार्किङ र ट्राफिक प्रहरीको उचित व्यवस्थापन नहुँदा बाटोमा गाडिहरु घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो । छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनले गाडीमुनी बसेर रात बिताउन विवश भएका थिए । पर्यटन विकासका लागि पालिकाले निकासा गरेको बजेटको उचित प्रयोग भए नभएको यस विषयमा सम्बन्धित निकाय ले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१