Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुरमा ११ दिने महोत्सव हुने

  • चैत १८, २०७८
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान १८, चैत । ऎतिहासिक र धार्मिक रुपले प्रसिद्ध सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर - १ स्थित रहेको श्री बालासुन्दरी भगवती मन्दीरमा नवरात्र पर्यटन महोत्सव - २०७८ हुने भएको छ । धार्मिक क्षेत्रको विकास गर्नुका साथै पर्यटकलाई भित्राउने उदेश्य सहित मोहोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले बताउनु भयो । २०७८ चैत १९ गते देखि २९ गते सम्म ११ दिनको लागि चल्ने महोत्सवमा धार्मिक , सांस्कृतिक , स्थानीय रितिरिवाज र रहनसहनलाई झल्काउने खालका (पहिचान संग सम्बन्धित ) विभिन्न जागरणका कार्यक्रमहरु गरिने उहाँले बताए । महोत्सवको उदघाटनका दिन विशाल कलशयात्र हुने बालासुन्दरी मोहोत्सव मुल समितिका अध्यक्ष रामविलास सदायले बताएका छन् । महोत्सव अबधिमा रासलिला , भजनकिर्तन , होमकुण्ड , शान्ती जागरणका लागि जनचेतना कार्यक्रम , धार्मिक अनुष्ठान , २४ घण्टे अष्ट्याम , शोभायात्रा लगायतका कार्यक्रम पनि गरिने अध्यक्ष सदायले बताए । महोत्सवमा कृषि मेला , रमाईलो मेला, झाँकी प्रर्दशन , बैलगाडा दौड प्रतियोगिता खेलकुद लगायत निबन्ध प्रतियोगिता समेत संचालन गरिने भगवानपुर गाउँपालिका वडा नम्बर - १ का वडा अध्यक्ष बद्री नारायण यादवको भनाई छ । महोत्सवमा मनोरञ्जनका लागि नृत्यका कार्यक्रमहरु समेत संचालन गरिने भएको छ । धार्मिकरुपले भगवानपुर गाउँपालिकालाई चिनाउने माँ भगवती बालासुन्दरी मन्दिरमा गत बर्स देखि निरन्तर रुपमा मोहत्सव संचालन भैरहेको छ । महोत्सव संचालन गर्न यस आर्थिक बर्षमा गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । महोत्सव संचालन गर्नकालागि स्थानीहरुले पनि सहयोग गरेको बहुजन शक्ति पार्टी नेता तथा समाजसेवी रामेन्द्र मण्डलले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१