Siraha Times
ताजा समाचार

सिरहामा हरवा चरवा सम्बन्धि सरोकारवालाहरुसँगको समिक्षा गोष्ठी सम्पन्न

  • चैत १६, २०७८
  • ७६७ पटक पढिएको
  • संजय महरा
alt

पूर्वि नेपाल तथा मधेश प्रदेशका जिल्लाहरुमा दासप्रथाको रुपमा रहेको कृषि बधुवा मजदुरहरु अझैपनि शोषण तथा दमनमा परेको छ । सिरहा जिल्लाको गोलबजारको उधोग बाणिज्य संघ गोलबजारको सभाहलमा हरवा चरवा सम्बन्धि एक दिन विभिन्न सरोकारवाला विच एक दिने गोष्ठि सम्पन्न भएको हो ।  हरवा चरवा समुदायको समाजिक, आर्थिक, राजनैतिक, स्वास्थ्य तथा रोजगारिको ग्यारेण्टी सृजना गरी सम्मानपूर्व जिवन निर्वाह गर्नका लागि हरवा चरवा प्रथा अन्त्य हुनुपर्ने सरोकारवालको जोड रहेको छ । कार्यक्रममा सिरहा जिल्लाका जिल्ला हरवा चरवा अधिकार मंचका पदाधिकारीहरु, विभिन्न संघ संस्थाहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल ग्रामिण पुनःनिमार्ण संस्था (आर.आर.एन)द्धारा कृषि बधुवा मजदुर (कमैया)श्रमिक आधुनिक दासता स्वतन्त्रता कार्यक्रम अन्तर सिरहा जिल्लाभरिका सरोकारवालाहरुसँग एक दिने छलफलकार्यक्रम आयोजना गरिएको थियो । युरोपेलि युनियनको आर्थिक सहयोग र एक्सन एड इंडियाको साझेदारीमा सिरहा सप्तरी र दाङ्गमा आधुनीक दासता स्वतन्त्राका लागि कार्यक्रम विगत दुई वर्षभन्दा वढी समयदेखी संचालन गरिएको आर.आर.एन. संस्थाका कार्यक्रम संयोजक मनोज सिंहले जानकारी दिनुभयो । जिल्ला स्तरीय सरोकारवालाहरु सँग को समीक्षा गोष्ठी कार्यक्रममा मानव अधिकार रक्षक शिवकमार पासमानले स्वागत मनतव्य दिएको थियो  । कार्यक्रममा एक दिने गोष्ठिकार्यक्रमको उद्धेश्य बारे आर.आर.एन.का वित्त प्रमुख खेम पोख्रेलले प्रष्टपार्नुभएको थियो । एकदिने गोष्ठि कार्यक्रमा सिरहा र सप्तरि जिल्लामा आधुनीक दासताबाट अन्त्यका लागिगरिएको कार्यक्रम र प्रयासहरु वारे कार्यक्रम संयोजक मनोज सिंहले प्रष्टपारेका थिए । एक दिने समिक्षा गोष्ठि कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय हरवा चरवा मंचका केन्द्रीय कोषाध्यक्ष ले गर्नु भएको थियो । कार्यक्रममा दलित विकास मंच सिरहा का सचिव रामचन्द्र महराले मन्तव्य समेत दिनुभएको थियो । कार्यक्रममा नेपाल ग्रामिण पुनःनिमार्ण संस्था (आर.आर.एन) केन्द्रीय उपाध्यक्ष डा.निरज जोशिले पनि आफनो मन्तव्य राखनुभएको थियो । कार्यक्रममा नेपाल ग्रामिण पुनःनिमार्ण संस्था (आर.आर.एन) का कार्यक्रम अफीसर टिकास्वरी राईको समेत सहभागिता रहेको थियो । कार्यक्रममा समाजिक परिचालक बबिता महरा र धर्मेन्द्र साहको पनि सहभागिता रहेको थियो  । कार्यक्रमको अध्यक्षता जिल्ला हरवा चरवा अधिकार मंच सिरहाका अध्यक्ष श्याम सुन्दर सदाले गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१