Siraha Times
ताजा समाचार

आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न

  • चैत १४, २०७८
  • १२२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु चैत्र १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ l उक्त समापन कार्यक्रम वडा नं १२ वडाअध्यक्ष छेदी प्रसाद यादव तथा वडा नं ४ का वडाध्यक्ष घनश्याम बनियाको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र अतिथिमा माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाका कपिलवस्तु जिल्लाको फिल्ड संयोजक विकाश श्रीवास्तव, इद्रीस पठान रहनुभयोl

सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियोl वडा नं १२ का १० जना महिला, वडा नं ४ का १० जना सहभागी रहेको उक्त तालिममा कुशुम अग्रहरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयोl कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो l कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१