ताजा समाचार

धनगढीमाई - १३ सुरक्षीत खानेपानी समुदाय घोषणा फोटो सहित

  • चैत ११, २०७८
  • ९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ११ , चैत । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - १३ डाबर टोलमा आज देखि सुरक्षीत खानेपानी समुदाय घोषणा भएको छ । ६७ घरधुरी रहेको टोलमा आज नगरपालिकाले औपचारिक रुपले एक कार्यक्रमको आयोजना गरि सुरक्षीत खानेपानी समुदाय घोषणा गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले बताए । सुरक्षीत खानेपानीको लागि ५ हजार लिटर ट्यान्की सहित प्रत्येकको घरधुरीमा बोरिङ्ग , पाईप सहितको धारा जडान गरिएको स्थानीय वडा अध्यक्ष सुर्यमान तामाङ्गले बताउनु भयो । मुल आयोजनाको रुपमा वडा कार्यालयले ८ लाख ९० हजार सहयोग गरेको छ । भने, मर्मत खर्च योगदान वापत उपभोक्ता समितिले जनश्रमदान वापत ३५ हजार ८ सय ९ रुपैया , नगरपालिकाले ७१ हजार ६ सय १८ रुपैया र युनिसेफले २ लाख ८६ हजार ४ सय ७४ रुपैयाको संयुक्त लागतमा आयोजनाको काम सम्पन्न भएको धमिनी खानेपानी योजना उपभोक्ता समित धनगढीमाई नगरपालिका वडा नम्बर - १३ का अध्यक्ष निर्मल ठकुरीले बताउनु भयो । नगरप्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा संचालित घोषणा - सभा कार्यक्रममा युनिसेफका प्रतिनिधि , फिनल्यान्डबाट आएका विदेशी अतिथि , नगरपालिकाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤