Siraha Times
ताजा समाचार

जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन

  • चैत ११, २०७८
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, चैत्र ११ कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको छ l जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) को प्रमुख आतिथ्य तथा जप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको छ l साथै केहि दिन अघि विजयनगर गाउँपालिका वडा नं ३ मा रहेको भुनेश्वरी मा.वि.जगदीशपुरका व्यवस्थापन समिति अध्यक्ष विजयनगर वडा नं ४ बस्ने दयाशंकर यादव नेपाली कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टी नेपालमा पार्टीको महासचिव ईश्वर दयाल मिश्रले प्रवेश गराएका थिए l कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l साथै भोली कृष्णनगर नगरपालिका वडा नं ५ गुलरीको बगैचामा वडा कमिटी गठन हुने जनता प्रगतिशील पार्टी कृष्णनगर अध्यक्ष राकेश यादवले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

रौतहटमा लागुऔषध ब्रा ...

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन ...

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१