Siraha Times
ताजा समाचार

भोलीदेखि गोपिकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा आउने

  • चैत १०, २०७८
  • ११८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० चैत - गोपिकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । चावहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले भोलि चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउन लागेको हो । ‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै यही मिटि चैत ११ गते शुक्रवारदेखि ओम, नमस् र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’

गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् । गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित गर्दै छ । ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा फिल्म हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै ३ वटा हल संचालनमा ल्याएको हो ।

शुक्रवारदेखि गोपिकृष्णमा कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् । गोपिकृष्ण आरजिबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउने छ । कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपिकृष्ण आरजिबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन हुनेछन् । यी सिनेमा हलमा सिमिति समयका लागि टिकट दर तीन सय रुपैयाँ कायम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१