बालविकास शिक्षकहरुको तलब भुलवंश आंशिक्षक गएको थियो, बाँकी आजै भुक्तानी हुन्छः शिक्षक यादव

  • चैत्र १०, २०७८
  • ९६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको केही विद्यालयको कर्मचारीको भुलवंश आंशिक तलब गएपछि २ घण्टा धर्ना दिएका शिक्षक शिक्षिकाहरुहरुको धर्ना समाप्त भएको छ । नेपाल राष्ट्रिय शिक्षक सँगठनका सचिव समेत रहेका शिक्षक विश्वनाथ यादवले नगरपालिकाको प्रणालीबाट भुलवंश विद्यालयका बालविकास तर्फका कर्मचारीहरुको तलब आंशिक गएपछि बुधबार नै सुधार गरिदिएपछि आन्दोलन समाप्त भएको बताएका छन् । शहिदनगर नगरपालिका अन्तर्गत रहेको समुदायिक विद्यालयको केही कर्मचारीहरुको भुलवंश आंशिक तलब मात्र गएपछि उनीहरु आन्दोलित भएको थियो । आन्दोलन स्वरुप बुधबार दिउँसो २ घण्टा उनीहरुले शहिदनगर नगरपालिका कार्यालयको अगाडी धर्ना दिएपनि अबेरसम्म सहमति भएपछि आन्दोलन समाप्त भएको बताए । राष्ट्रिय प्राथमिक विद्यालय बालाबाखरका शिक्षक समेत रहेका सचिव यादवले नगरपालिकाको शिक्षा शाखाबाट भुलवंश आंशिक तलब गएको र बाँकीको तलब विहिबार (आज) नै भुक्तानी गरिने सहमतिपछि आन्दोलन समाप्त भएको बताए ।

उनले शिक्षा शाखाका श्रोतव्यक्ति धनेश्वर यादवलाई आंशिक तलबको बारेमा पटक पटक जानकारी गराएको बताउँदै चासो नलिँदा बुधबार करिब २ घण्टा धर्ना दिएपछि आन्दोलित शिक्षक र नगरपालिकाबीच सहमति भएको बताए । शिक्षक यादवका अनुसार, विहिबार बाँकीको तलब भुक्तानी निकासा हुने सहमति भएको हो । उनले भने, –“मेयर साहब आफैँ छलफलमा बसेर सहमति जुटाउनुभयो ।” । आन्दोलनमा समेत सहभागीत भएका शिक्षक यादवले बालविकासका शिक्षक शिक्षिकाहरुलाई काँखापाखा गरेको सन्दर्भमा मेयरको तर्फबाट त्यस्तो केही पनि नभएको बताउँदै आफूहरुले त्यस्तो कुनै पनि प्रतिक्रिया नदिएको बताए । समाजिक सँजालमा मेयर बरबरियाले आफू निकट शिक्षकलाई मात्र तलब दिएको जस्ता टिकाटिप्पणीको सन्दर्भमा उनले आफूहरु यस्तो कुनै पनि प्रतिक्रिया नदिएको सुनाए । उनले भने,–“त्यसमध्येबाट कसैले केही भनिदिएको होला, तर आफूहरुको त्यस्तो केही पनि छैन । बरु मेयर साहबले नै छलफलमा बोलाएर तत्कालै सहमति जुटाउनुभयो ।”

उनका अनुसार, नगर प्रमुख बरबरियालाई समस्याबारे बताएपछि उनले समस्या समाधानको लागि तत्कालै निर्देशन दिएको बताए । सहमतिको क्रममा मेयर बरबरिया आफैँ बसेर शिक्षक प्रतिनीधिहरुसँग छलफल गरी सहमति जुटाएको उनले थपे । बालविकास तर्फको शिक्षक शिक्षिकाहरुको आंशिक तलबको बारेमा नगर प्रमुखलाई जानकारी नभएको उनले बताए । उनले शिक्षा शाखालाई पटक पटक जानकारी गराएको स्वीकारे । सोही सन्दर्भमा शहिदनगरका नगर प्रमुख बरबरियाले शिक्षा शाखाबाट ढिलासुस्ती भएको स्वीकार गर्दै बुधबार (हिजो) नै शिक्षकहरुको समस्या समाधानको लागि पहलकदमी भएको दाबी गरे । उनले विहिबार तलब अपुग भएको शिक्षक शिक्षिकाहरुको बाँकीको तलबको लागि निकासा हुने जानकारी दिए । शिक्षक शिक्षिकाहरुको आंशिक तलबको बारेमा बुधबार नै जानकारी पाएको भन्दै जानकारी पाएलगत्तै समस्या समाधानको लागि पहलकदमी गरेको दाबी गरे । बालविकासका कर्मचारीहरुलाई कोहीलाई १५ हजार, कोहीलाई ८ हजार त कोहीलाई ६ हजार गरी तलब मात्र खातामा गएपछि उनीहरु २ घण्टा धर्ना दिएको थियो । यस सन्दर्भमा शिक्षा शाखाका श्रोत व्यक्ति धनेश्वर यादवसँग ९८५४०२६७२६ मा सम्पर्क गर्न खोज्दा फोन उठेनन् ।यो समाचार न्यूज ब्यूरोबाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१