Siraha Times
ताजा समाचार

"कुखुरा फर्ममा चोरबाट बच्न लगाइएको नांगो बिजुलीको तारले लियो १ को ज्यान

  • चैत ६, २०७८
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कुखुरा फर्ममा लगाइएको नंगा तारमा करेन्ट लागी महोत्तरीको सम्सीमा एक जनाको मृत्यु भएको छ। सम्सी गाँउपालिका ३ बैरगिया बस्ने रहुप साह फकिरको करेन्ट लागेर मृत्यु भएको हो। साह घाँस काटन कुखुरा फर्म नजिक गएको बेला अचानक करेन्ट लागी घाईते भएको र तत्काल उहाको उपचारको लागी जादै गर्दा बाटोमा मृत्यु भएको थियो।स्थानिय अब्दुल हुसेनले सन्चालन गरेको कुखुरा फर्ममा चोरबाट बच्नको लागी चारै तिरबाट नंगा तार लगाइएको थियो। पटक पटक गाउलेहरु द्वरा त्यसको बिरोध गरिएको थियो तर तार हटाउन मानेका थिएन र यस्तो घटनाहुन आएको स्थानियले बताएको छ।शवलाइ पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१