Siraha Times
ताजा समाचार

आँपको रुखमा मन्जरी देखेपछि किसानवर्गमा छुट्टै उमङ्ग

  • चैत ५, २०७८
  • १९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक(रेडियो सौगात) लहान ५ चैत। मधेशका लोकप्रिय फलमध्ये आँप पनि एक हो। आँप स्वाद र स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ । आँपको बोट रुखमा लागेपछि मन्जरी फुल( बतिया) देखेर किसानवर्गमा छुट्टै उमङ्ग साथै हर्षित भएका छन। यतिबेला तराई मधेशका जिल्लाहरुमा आँपका विरुवामा मजरी आएको र आँप खेतीका लागि सिरहा ,सप्तरी पनि प्रख्यात छन्। आँपको विरुवामा मन्जरी आएपछि तराई मधेशका किसान हर्षित भएको छ। यसपालि रुखमा पात ढाक्नेगरि मजर लागेपछि आँप उत्पादनमा वृद्धि हुने लक्ष्मीपुर पतारीका एक वृद्धि हरिलाल रामले अनुमान गरेका छन। अर्कोतिर अकाशे पानीको चिन्ता पनि लागिएको पानी परेपछि मन्जरी कालो भई झर्ने डर पनि छ। विभिन्न किसिमका आँपहरु जस्तै मालदह, दसहरी , सपेताह , बमई लगायतका आँपको स्वाद पनि बेग्लै हुन्छ।

तराईका आँपका फुलबारी यतिबेला सुग्न्धित लाग्न थालेको छ। आँप खानले धेरै किसिमको रोग पनि सन्चो भएको छ। आँपको आफ्नै अलौकिक विशेषता हुन्छ । किसान हरिलाल सँगको आजको कुराकानीमा मजरमा किरा लागेपछि किसानलाई सर्वप्रथम गटर मेशिनद्वारा औषधि छर्नुपर्ने बताए । उनका अनुसार हावाहुरी , पानीले मन्जरीलाई धेरै क्षति गर्ने भएकोमा अहिलेसम्म हावापानी चलेको पाइदैन । यो सँगै आँपका जोन मानिएको सिरहा,सप्तरी, धनुषा जिल्लाबाट उत्पादन भई नेपालका विभिन्न भु-भाग तथा अन्तर्राष्ट्रिय बजारमा आयातनिर्यात हुने गर्छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१