Siraha Times
ताजा समाचार

बेल्ही युवा क्लवद्वारा वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • चैत ५, २०७८
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान ५ चैत। सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर -४ मा रहेको अप्पन बेल्ही युवा क्लबले गत बिहीबार वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। अप्पन बेल्ही युवा क्लब सप्तरीद्वारा आयोजित "सामाजिक रुपान्तरणमा हाम्रो / मेरो भुमिका " शिर्षकमा आधारित भएर वकतृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको ( ए.बि.सी.) युवा क्लबका कोषाध्यक्ष कुमरकान्त झाले बताएका छन। उक्त कार्यक्रमका अध्यक्षता बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद हन्सु आलमले गरेका थियोे । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दयान्नद गोइत , विशिष्ट अतिथि खेमचन्द्र यादव अरुण गोइत , राजकुमार यादव, दिनेश्वर यादव रहेका थियोे । वकतृत्वकला तर्फ : १ ) मुनिका यादव ( राजेश्वरी आधारभुत विद्यालय मौवाहा) पहिलो ल्याएका थियोे । दोस्रो स्थानमा उदित नारायण पंडित ( जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय सेहरा ) ले दोस्रो स्थान प्राप्त गरेका थियोे ।

तेस्रो स्थानमा रुपम कुमारी गुप्ता ( जागेश्वर गरहाई जनता माध्यमिक विद्यालय सेहरा) चौथो स्थानमा राहुल कुमार यादव ( जनता माध्यमिक विद्यालय रामनगर ) चौथो स्थान ल्याउ सफल भएका थियो । सफल सम्पूर्ण छात्र/छात्राहरुमा क्लबका सम्पूर्ण पदाधिकारीद्वारा बधाई तथा हार्दिक शुभकामना साथै पुरुषकृत गर्नु भएको थियोे । यो सँगै क्लबको उदेश्य" शिक्षित समाज , भ्रष्टाचारको एकमात्र उपचार " नारा सार्थक दिशा निर्देशमा लागिएको हो । अप्पन बेल्ही युवा क्लबले समयसमयमा जनचेतनामूलक कार्यक्रम , विद्यार्थीहरुका लागि हाजिर जवाफ , वकतृत्वकला प्रतियोगिता , असहाय विपन्नलाई राहत वितरण सँगै समाजमा सहयोग गरिदै आइएको र आउने दिनमा यी कार्यप्रति पछि नहट्ने प्रतिवद्धता जाहेर गर्दै क्लबका अध्यक्ष रोशन कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१