Siraha Times
ताजा समाचार

कृष्णनगरमा टोल वासी द्वारा टोलको नाम वजरंग टोल राख्ने निर्णय

  • फागुन २५, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दा हरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन् l टोलवासी हरूको भेला गरि टोलको सर सफाई, सौन्दर्यीकरण, सुरक्षा, बाटो नाली आदिको बारेमा छलफल गरि टोलमा देखिएका सम्सयाहरु टोलमा बसोबास गर्ने घरधुरीको पहलमा नै समाधान गर्ने र आफ्नो स्तरबाट समाधान हुन नसक्ने समस्याहरु सम्बंधित सरोकार वालाको सहयोगमा समस्या समाधान गर्ने छलफल गरेका छन् l

उक्त भेलाबाट टोलको सिमाना छुट्याउने, उक्त क्षेत्र भित्र बसोबास गर्ने घरधुरीहरू का व्यक्ति यस टोल समितिको सदस्य रहने, तथा उक्त क्षेत्र लाई वजरंग टोल नामले नामाकरण समेत टोलवासी हरूले गरेका छन् l टोलबासी हरूको छलफल अनुसार टोल कार्य समिति गठन गरेका छन् l अध्यक्षमा अखलेश्वर पाण्डेय, उपाध्यक्षमा राम चन्द्र विश्वकर्मा, सचिवमा जगदीश प्रसाद गुप्ता, कोषाध्यक्षमा प्रदुम्न शुक्ला लगायत एघार सदस्यि समिति गठन गरेको छ l उक्त छलफलमा ३० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियोl

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१