गोलबजारको आयुष होटलमा बढदो लापरबाही

  • फागुन २४, २०७८
  • ११४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान  २४ फाल्गुन। सिरहाको गोलबजार नगरपालिका -३ गोलचक्रदेखि करिब ५०० मिटर पुर्वमा अवस्थित होटल आयुष एण्ड आयुष डेरी उधोगमा व्यवस्थापनको बढ्दो लापरबाहीले ग्राहकलाई सास्ती खेप्नु परेका छन। हिजो दिउँसो फाल्गुन २३ गते लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ -( पिप्रा प्र.ध ) बस्ने ५५ वर्षिय श्री तुलसी वांतरले होटलमा खानाखान् जाँदा टेवलमा कालो प्लास्टिकमा राखिएको नेपाली नागरिकता प्रमाणपत्र साथै अन्य कागजात सहितको कालो पन्नी टेवलमा छुटेका थियोे । ठिक आधा घण्टापछि आउँदा होटलका स्टाफ कोई देखिएनन् , कोई एकजनालाई उठाउँदै देखे सुनाए ।

त्यसै सिलसिलामा होटल संचालकलाई सोधे तपाईंको होटलमा सिसिटिभी क्यामरा लागेको छ। आधा घण्टा पछिल्लाको फुटेज देखाउनु सोधेँपछि " विभिन्न बहाना बनाएर क्यामरा संचालनमा नरहेको बहाना बनाएका छन। सुरक्षितसाथ राम्रो खाना खान् फुटपाथमा नखाई होटल पग्छन । तर , व्यवस्थापनको कम्जोरी , लापरबाही, र विभिन्न बाहानामा ग्राहकलाई लाष्टै तनाव खोप्नु परेको अवस्था देखिन्छ । आधा घण्टामा नै टेवलबाट सामान नदेखा पर्नु , कतिको पत्यार लाग्दो हुन्छ । यो सँगै वांतरले " यदि मेरो नागरिकता फेला पार्नु भएको छ भन्ने देउँ " भनेर नम्रताका साथ मांग गरेका थियोे । तर , होटल पक्षले नदेखिएकोमा सुरक्षित तरिकाले व्यवस्थापन गर्न हुन सतर्क गराइएको बताए । घटना न्युनिकरण र समस्या सामाधानका लागि सिसिटिभी अति आवश्यक उपकरण मानिन्छ । सिसिटिभी सहितको होटलमा , समस्या रहित वातावरण श्रृजना गर्न हुन संचालकलाई श्री तुलसी वांतरले ध्यानाकर्षण गराईएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१