Siraha Times
ताजा समाचार

प्राबिधिक शिक्षा भर्ना सम्बन्धि १ दिने अनरक्रिया लहानमा सम्पन्न

  • फागुन २४, २०७८
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ फाल्गुन - मनमोहन प्राबिधिक बिश्वबिधालय स्कुल अफ इन्जिनियरीङ्गद्वारा लहानमा १ दिने प्राबिधिक र उतपादनमुखी शिक्षामा जोड दिन स्थानीय विद्यार्थी शिक्षक,विभिन्न राजनीति दलका प्रतिनिधि,नागरिक समाजका अगुवा,शिक्षाबिध बुद्धिजिबी,पत्रकारहरुसंग क्याम्पसका डिन सहितका एक समुहले लहानमा बृहत् अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। बिश्वबिधालयको डिन डा.प्रचण्ड मान प्रधानको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा क्याम्पसका कार्यक्रम संयोजक डा.दिपरंजन डंगोल,नरेन्द्र डाय,युवराज चौधरी हिसानको केन्द्रिय उपाध्यक्ष धरनीधर अधिकारी,बिष्णु हरी अधिकारी,प्याब्सनका जिल्ला अध्यक्ष प्रदिप तिवारी नयाँ पत्रीका दैनिकका लहान सम्बादाता मोनी लाल बिश्वकर्मा लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियोे। नेपालको लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नम्बर १ स्थित प्रदेश सरकारले राज्य सभाबाट स्वायत कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सुचना प्रकाशन गरी मनमोहन प्राबिधिक बिश्वबिधालय स्थापना गरेको गणेश लम्सालले जानकारी दिनुभयो।

प्राबिधिक र उत्पादनमुखी शिक्षाको अवसर सिमित भएकै कारण देश बिकासमा पछाडि परिरहेको एक तथ्यांकले देखिन्छ। शिक्षालाई श्रमसंग श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडन सक्ने शिक्षा पद्धति आजको आवश्यकता रहेको क्याम्पसका डिन डा.प्रचण्ड मान प्रधानले बताए।उक्त क्याम्पसलाई अन्तर्राष्ट्रिय क्याम्पसको रूपमा स्थापीत गर्न तिर हाम्रो चाहना रहेको प्रमुख प्रधानले बताए। देशका युवाहरूलाई प्राबिधिक शिक्षा तर्फ अग्रसर बनाउन र देश बिकासको महाअभियान सफल पार्ने गरेको देखिन्छ। देशमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी उक्त मनमोहन प्राबिधिक बिश्वबिधालयको स्थापना तथा सुरुवात भएको हो। मुलुकको सर्वाङ्गगीन बिकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राबिधिक जनशक्ति उत्पादन गर्ने बहुप्राबिधिक बिश्वबिधालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त,उपलब्धिमुलुक कार्य गर्न सक्ने र अन्तर्राष्ट्रिय बिकाससंग काम गर्न अग्रसर हुने भएको हो।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१