Siraha Times
ताजा समाचार

लहानमा वृद्धा आश्रम निर्माणको लागी एक दाताले गरे जग्गादान

  • फागुन २०, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० फाल्गुन - सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ स्थित बानटोल मोहनपुरमा एक जना करिब ७२ वर्षिय वृद्ध मानदेव महतोले स्नेह वृद्धा आश्रमको नाउँमा निजी १ एक कठा जग्गा दान गरेका छन्। देशका कुनै पनि वृद्ध वृद्धाहरुलाई आमा बुवालाई छोराछोरीले बुडेस्कालमा आफ्नै छोराछोरीले रेखदेख गर्न नमान्ने बुवा,आमाको लागी बुडेस्कालको सहारा होस भन्ने देशका कुनै वृद्ध वृद्धालाई दु:ख नहुने उदेश्यले उक्त स्नेह वृद्धा आश्रम भन्ने संस्थालाई आश्रम निर्माण गर्न जग्गा दान गरेको जग्गा दाता महतोले बताए।

समाजमा हेर्दै गरेको वृद्ध वृद्धाहरुको कष्ट बेतिथीलाई सम्झेर आफू पनि एक दिन अशक्त र बुढाे हुने छौँ सोच्दै अशक्त भएको बेला आफनो छोराछोरीले सेहार नगरेको अबस्थामा उक्त आश्रममा आफू हजारौं वृद्धहरुले गुजारा गर्ने उदेश्यले आफुले जग्गा दान गरेको हो। स्थानीय महिला अधिकारकर्मी तथा समाजसेबी रिता कुमारी महतोकी एक समुहले २०७२-६-२१ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका संस्थाकी अध्यक्ष रिता कुमारी महतोले जानकारी दिनु भयो।आश्रमका अध्यक्षमा रिता कुमारी महतो उपाध्यक्षमा संजय अग्रवाल,सचिब संन्जु कुमारी दास,सदस्य राम बाबु महतो लगायतका ब्यक्तीहरुले करिब ८ बर्ष अगाडी दर्ता गराएका हुन। जग्गा उपलब्ध नभएकै कारण आश्रम संचालनमा नआएको अध्यक्ष कि भनाई छिन।

लहान १५ बस्ने करिब ७२ वर्षिय मानदेब महतोले श्रीमती सुनैर देबी महतो र घरको जेठो छोरा राजा राम महतो,बुहारी कुमारी महतो लगायत परिवारमा सहमति भई आश्रमलाई ३ महिना भित्रमा जग्गा पास गर्ने समाजका सयौं ब्यक्तीहरुको उपस्थितिमा लिखित सम्झौता गरेका आरती कुमारी महतोले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

डिआईजीको नाममा धाक, ...

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१