Siraha Times
ताजा समाचार

सिरहाको लहानमा गर्भपतन गर्नै लाग्दा क्लिनिकको सँचालक र श्रीमति पक्राउ

  • फागुन १७, २०७८
  • १४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए

मधेश प्रदेशको विभिन्न जिल्लामा अवैद्य गर्भपतन गराउनको सँख्या दिनानुदिन बढदै गएको छ । छोरा मोहले अवैद्य रुपमा गर्भपतन गराउनेहरुको सँख्या बढदै गएको छ । सोही क्रममा मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित अवैद्य गर्भपतन गर्नै लाग्दा एक क्लिनिकका सँचालक र उनकी श्रीमतिलाई प्रहरीले रँगेहात पक्राउ गरेको छ । लहानस्थित सँचालनमा रहेको राजदेवी मेडिकल हेल्थ केयर प्रा.लि. ले अवैद्य रुपमा गर्भपतन गर्न लागेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गर्भपतन गर्नै लाग्दा क्लिनिक सँचालक र उनकी श्रीमतिलाई रँगेहात पक्राउ गर्न सफल भएको हो । लहानको क्लिनिकहरुमा व्यापक रुपमा अवैद्य गर्भपतन भइरहेको व्यापक गुनासो आएपछि प्रहरीले सोमबार छापामारी गरी राजदेवी हेल्थ केयरका सँचालक उमेश चौधरी र उनकी श्रीमति राजकुमारी चौधरीलाई पक्राउ गरेको हो । 

लहान नगरपालिका वडा नम्बर ३ स्थित सँचालनमा रहेको सो क्लिनिकमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर २ बस्ने शम्भु कुमार दासकी अन्दाजी बर्ष २५ की श्रीमति रँजीता सहनीलाई अवैद्य गर्भपतन गराउन आएको बेला नियन्त्रणमा लिएको हो । लहानमै सँचालनमा रहेको विभिन्न क्लिनिकहरुमा भिडियो एक्सरे गराएर अन्य क्लिनिकमा गर्भपतन गराउने गरेको सूचना समेत प्राप्त भएको छ । अहिले तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।यो समाचार न्यूज़ ब्यूरो बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१