मारुति सिमेन्ट उद्योगको लापर्वाहीका कारण मजदुरको मृत्यु

  • फागुन १६, २०७८
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/ १५ फाल्गुन । द्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत कामदारको मृत्युपछि शव निकाल्न विनाहेल्मेट चडेका मजदुरहरु । सिरहा, १५ फागुन । उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो । काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए । पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको छ । उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने आवस्यक सुरक्षा प्रवन्ध नमिलाएका कारण दुर्घटना हुने गरेको अध्यक्ष कामतीको आरोप रहेको छ ।

उद्योगले त्यहाँ कामगर्ने मजदुरहरुलाई सामान्य हेलमेटको समेत व्यवस्था नगरेको बताइन्छ । उद्योगले दुर्घटनामा परि मृत्यु भएको वताएको छ । मृतक मगरका श्रीमती रिना पुन मगरले घटनाको उचित छानविनको माँग सहित उजुरी गरेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ ।( गमकपोष्ट)

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१