मारुति सिमेन्ट उद्योगको लापर्वाहीका कारण मजदुरको मृत्यु

  • फागुन १६, २०७८
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा/ १५ फाल्गुन । द्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत कामदारको मृत्युपछि शव निकाल्न विनाहेल्मेट चडेका मजदुरहरु । सिरहा, १५ फागुन । उद्योगको लापर्वाहीका कारण सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साईडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर सरुवारानी गापा ६ प्यूठान का २८ वर्षिय बेच बहादुर पुण मगरको काम गरिरहेको अबस्थामा फलामे पाइपले टाउकोमा लागेर मृत्यु भएको हो । काम गरिरहेको अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए । पुनको मृत्यु पछि विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग राख्दै उद्योग बन्द गरेको छ । उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने आवस्यक सुरक्षा प्रवन्ध नमिलाएका कारण दुर्घटना हुने गरेको अध्यक्ष कामतीको आरोप रहेको छ ।

उद्योगले त्यहाँ कामगर्ने मजदुरहरुलाई सामान्य हेलमेटको समेत व्यवस्था नगरेको बताइन्छ । उद्योगले दुर्घटनामा परि मृत्यु भएको वताएको छ । मृतक मगरका श्रीमती रिना पुन मगरले घटनाको उचित छानविनको माँग सहित उजुरी गरेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ ।( गमकपोष्ट)

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१