सिरहाको लहानमा सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न

  • फागुन १५, २०७८
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ फाल्गुन - सिरहाको लहानमा के.एस.आर. प्रोडक्सनले आयोजना गरेको सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न भएको छ्।२०७४ माघ १८ गते का दिन संस्थाको स्थापना भएको हो।स्थापना भएको लगत्तै नेपालको माहानायक राजेश हमालको प्रमुख आतिथ्यमा लहान स्थित रहेको होटेल दरवारमा विशाल भ्यालेन्टाईनडे कार्यक्रमको आयोजना गरेको थियो। मिस सिरहा २०७५ ,मिस्टर एन्ड मिस २०७६,सुपर डान्स च्याम्पियनसिप २०७८ लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका हुन्।

स्थापना भएको बर्ष देखि निरन्तर कार्यक्रमहरु गर्दै आएका छन।KSR प्रोडक्सनले स्थापना भएको ४ बर्ष पुरा गरि ५ पाँचौ बर्षमा प्रवेश गरिएका छन्। सुपर डान्सर च्याम्पियनसिप अडिसन राउन्ड माघ १० गते मंगलबार सुरु भएको थियो भने प्रथम राउन्ड माघ २१ गते र दोस्रो राउन्ड फाल्गुन ११ गते बुधबार भएको हो।

फाईन्ल राउन्ड फाल्गुन ११ गते बुधबार सम्पन्न भएको आयोजक संस्थाको अध्यक्ष सुजित रुचालले जानकारी दिनु भयो।उक्त कार्यक्रममा सहभागी हुन् २८ जना युवा युवतीहरुले फर्मफिलप गरेका थिए,जस मध्ये १३ जनाले रिजेक्ट भएको थियो।फाईन्ल टप १५ अफ फाईनल सम्पन्न भएको छ्।फाईनल राउन्ड लहान स्थित रहेको मार्वाडी सेवा सदनमा संस्थाको अध्यक्ष सुजित रुचालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिका वाडा नम्बर ७ का अध्यक्ष रोशन गुप्ता रहनु भएको थियो।

बिशिस्ट अतिथिमा चलचित्र निर्माता निर्देशक तथा वरिष्ठ कालाकार भरत साह,रहनु भएको थियो भने अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सखाको सभापति मनोज बनैता,कालाकार महेश सेन्चुरी,राम कुमार सिंह,सचिन बिश्वकर्मा,मुकेश रुचाल,अर्बिन्द रुचाल,ऋषि मुनि दयाल,किरण पराजुली,रमेश बिक,दिपक दयाल,लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

कार्यक्रमको निर्नायक मंण्डलमा श्याम सिंह,सुभाष गजमेर, सुजु मगर रहनु भएको थियो।कार्यक्रमको उदघोष कपिल दयाल र आराधना चौधरीले गर्नु गर्नु भएको थियो।उक्त कार्यक्रममा सदिक्षा खनालले बिजेता भएकी छिन। बिजेतालाई ३० हजार नगद प्रमाणपत्र ५ तोलाको चाँन्दीको ट्रफी दिई संमान गरेका थिए।

तेसै गरि प्रथम बिजेता धिरज मंण्डल लाई २० हजार नगद, प्रमाणपत्र ३ तोला चाँन्दीको ट्रफी र दोस्रो बिजेता हुने लाई १० हजार नगद,प्रमाणपत्र र २ तोलाको चाँन्दीको ट्रफी दिएर संमान गरेका थिए। प्रमुख अतिथि गुप्ताका अनुसार आफू भित्र रहेको प्रतिभालाई सिङ्गन र घर भित्र लुकेर रहेका कालाहरु यो कार्यक्रम अवशरको रूपमा रहेको बताए। आयोजक संस्थाले ती लुकेका कलाकारहरुलाई अवसर दिने संस्थाको रूपमा चिनिएका छन्। आउने दिनमा यस्ता कार्यक्रमहरु भई रहोस् भने उनले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१