Siraha Times
ताजा समाचार

विश्वकप छनोट हुन असफल भए पछि गुवाभरी आँशु पार्दै यसो भन्छन् सन्दीप

  • फागुन १२, २०७८
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौंं।नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।आइसिसी टी-२० छनोटको सेमिफाइनलमा युएईसँग नेपाल पराजित भएको छ।यस पटक पनि नेपालको विश्वकप सपना सपनामा नै समाप्त भएको छ।यूएईले दिएको १७६ लक्ष्य पछ्याएको नेपालले मात्र १०७ रन बनाएको छ ।नेपाल यूएई सँग ६८ रन पराजित भएको छ। नेपालले टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भए पछि कप्तान सन्दीपले गुवाभरी आँशु पार्दै सबै समर्थक सँग माफी मागेका छन्।सन्दीप भन्छन् “हामीलाई थाहा छ तपाईंहरुलाई पनि त्यस्तै नराम्रो लागिराछ होला जस्तो हामीलाई लागिराको छ।आजको दिन हाम्रो पक्षमा रहेनछ अब झन बलियो टिम  बनाउने छौँ ।’

“सर्वप्रथम त सबैलाई एकदमै माया र सबैलाई एकदम आदरसम्मान किनभने यति धैर्य राखेर यहाँसम्म यो यात्रामा साथ दिनुभयो र क्षमायाचना पनि हामी त्यहाँ सम्म पुग्न पाएनौं। हामीलाई थाहा छ तपाईंहरुलाई पनि त्यस्तै नराम्रो लागिराछ होला जस्तो हामीलाई लागिराको छ।”सन्दीपले भने ‘यो एउटा जीवन को हिस्सा हो, हामी सिक्दै जान्छौ हामी अगाडि बढ्दै जान्छौं र एक न एक दिन अवश्य आउँछ जहाँ हामी अँध्यारोको बीचमा हामी एउटा उज्यालो दीप बनेर अगाडि बढ्ने छौं।”सन्दीपले बताए। ‘अहिलेको लागि यो चाहिँ यात्रा यही टुङ्गिन्छ तर आउने समयमा यो भन्दा पनि राम्रो गरेर अगाडि बढ्नेछौं र यहाँसम्म हाम्रो साथ भएकोमा एकदमै उँहृदय देखि धन्यावाद र आशा छ तपाईहरुले पनि बुझ्नुहुन्छ होला कस्तो भयो। म टोलीको कप्तानको रूपमा एकदम आफूलाई गर्व महसुस गरेको छु यो टिमलाई हेर्दा। हाम्रो एक जवान टीम छ र यो टिमले केही आशा बोकेको छ ।”सन्दीपले बताए।

अब आउन दिनमा यो टिमले राम्रो गर्ने सन्दीपले विस्वास बेक्त गरे।उनी भन्छन् “आगामी दिनहरुमा यो टिमले एकदम राम्रो गर्नेछ। र तपाईहरुको मायाको लागि धन्यवाद।” नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे ।विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१