Siraha Times
ताजा समाचार

क्यानडामाथि नेपालको शानदार जीतसँगै सेमिफाइनलको यात्रा तय

  • फागुन ९, २०७८
  • १४७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, ९ फागुन । नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले जित निकालेको थियो । आजको खेलमा नेपालले १५ ओभरमा क्यानडाको सबै विकेट लिएर ८० रनमा समेटेको थियो । जवाफी ब्याटिङमा नेपालले १४.१ ओभरमा ८१ रनको लक्ष्य हासिल गरेको थियो । नेपालका कुशल भुर्तेलले नट आउट रही ३७, दीपेन्द्र सिंह ऐरेले ३१ र असिफ शेखले १६ रन बनाएका थिए । सन्दीप लामिछानेले क्यानडाको ४ विकेट लिदा अविनाश बोहरा र कमल सिंह ऐरेले ३३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१