Siraha Times
ताजा समाचार

दिनेश कटुवाल (एकराज)को अध्यक्षतामा १५ सदस्यीय एकीकृत समाजवादीको मजदुर शाखा कतार गठन

  • फागुन ८, २०७८
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेकपा एकीकृत (समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च विदेशका नेपालीहरु बिच क्रियाशील हुँदै संगठन निर्माणमा केन्द्रित भएको छ।यसै क्रममा आज एकीकृत समाजवादी पार्टीनिकट मजदुर संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपाल (ICTU ) को प्रवास कमिटी एकीकृत नेपालि प्रवासी श्रमिक संघ कतार शाखाको गठन गरेको छ।  प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले एक राज कटवाल (दिनेश)को अध्यक्षतामा १५ सदस्यीय कतार शाखाको तदर्थ समिति बनाएको छ।समितिको उपाध्यक्षद्वयमा ज्वाला शाही र सुबास रानाभाट,महासचिव गणेश ढकाल, सचिव (संगठन) पदम रानाभाट, सचिव (आर्थिक) चन्द्र कुँवर छन्। त्यसैगरी सदस्यहरुमा राजु बि. क,रोज थापा,पूर्ण सेन्चुरी, बिराज राई, सम्झना लामा, रुप बाहादुर रानाभाट, बम बाहादुर रानाभाट, गीता बि.क तथा भिम क्षेत्रीलाई चयन गरेको छ।

मञ्चका अध्यक्ष रामहरि गैरेले समाजवादी आन्दोलनको अग्रपङ्क्ति नै मजदुर भएकोले यसको नयाॅ नेतृत्वलाई शुभकामना तथा बधाइ दिँदै प्रवासी नेपाली मजदुरका समस्यामा जोडिदैं राजनीतिलाई समाज रुपान्तरणको प्रमुख बिषय बनाउनु पर्ने बताए।अध्यक्ष एक राज कटवाल (दिनेश)ले सङ्गठनलाई समाजवाद निर्माणको पर्खालमा एउटा इट्टा थप्ने र कतारका मजदुरहरूलाई संगठनमा आवद्ध गर्दे समयमै अधिवेशन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१