ताजा समाचार

अत्ति बिपन्न परिवारलाई यादव सेवा समाज कतारको सहयोग

  • फागुन ६, २०७८
  • १५६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा लहान फाल्गुन ०६ । यादव सेवा समाज कत्तारद्वारा धनुषाका एकजना अति बिपन्न परीवारलाइ आर्थिक सहयोग गरेका छन । छोरीको बिहेका लागी रु-२११५५/- आर्थिक सहयोग गरिएको छ । धनुषा जिल्लाको सबैला नगरपालिका वाडा नं-६ गोविन्दपुर टोलका जगदिश यादवको छोरीको विहेमा यादव सेवा समाज कत्तारद्वारा रु-२११५५/-(एक्कैस हजार एक सय पचपन्न मात्र)आर्थिक सहयोग गरिएको छ । सम्पत्तिको नाममा यादवको २ धुर जमिनमा रहेको र त्यही २ धुरमा सानो  टहरा बनाई बसोबास गर्दै आइरहेका यादवको दुई बहिनी छोरी र एक भाई छोरा अनी आफु दुई लोग्ने स्वास्नी गरी जम्मा ५ जनाको परिवार रहेको यादवको आमदनी भनेको मजदूरी मात्र रहेको हुदा यादव समाज कतार द्वारा यो सहयोग प्रदान गरिएको हो ।

एक महिना अगाडिदेखि यादवको स्वास्थ्य अवस्था ठीक नभएको कारण मजदुरी गर्न पनि नसक्दा उहा आर्थिक शंकटबाट गुजर्दैगरेका यादव परीवारको लागि यादव सेवा समाज कत्तारद्वारा गरिएको सहयो अमृत समान भएको छ । यस्ता आर्थिक समस्या भएको बेलामा यादव सेवा समाजद्वारा सहयोग प्राप्त हुँदा पिडित यादव निकै नै भावुक भएका थिए,र यादव सेवा समाजका सम्पुर्ण सदस्यगणहरुलाई अन्तर आत्माबाट धन्यवाद दिएका थिए । यादव सेवा समाज कत्तारका अध्यक्ष भोगेन्द्र यादव  लगायत सम्पुर्ण सहयोगी मित्रहरुमा धेरै-धेरै धन्यवादसङै अगामी दिनहरुमा पनि यसरी नै निरन्तर पिडितहरुको सेवा गर्दै अगाडि बढुन भने शुभकामना पनी व्यक्त गरेका  थियो  ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤