Siraha Times
ताजा समाचार

सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर संगठन नेपालका प्रथम भेला सम्पन्न

  • फागुन ५, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ५ फाल्गुन -सिरहाको लहानमा स्वरोजगार यातायात मजदुर संगठन नेपालका प्रथम भेला सम्पन्न भएको छ। संगठनका लहान नगर अध्यक्ष रामकिशुन महतो सुडीको अध्यक्षतामा बसेको बैठकमा मजदुरहरुको नेता राम कुमार कार्की प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि नेता कार्कीको अनुसार श्रम ऐन २४९ दर्ता खारेज हुनुपर्छ,श्रम आयोग गठन हुनुपर्छ,श्रम निरक्षण प्रणाली कार्यान्वयन गर्नु पर्ने,श्रमिकहरुको पंजिकृत हुनुपर्छ,श्रमिकहरुको लागी छुट्टै अस्पतालको ब्यवस्था हुनुपर्ने सिटी अटाे चालकहरुको माग रहेको छ। उक्त कार्यक्रममा सयौं सिटी चालकहरु मध्ये इन्द्र देब महतो,सोने लाल यादव, सन्तोष कुमार मंण्डल,ईन्द्र कुमार साह,अशोक प्रसाद कलवार,रामऔतार सहनी बेचु साह,भोला सदाय लगायतका मजदुरहरुको सहभागिता रहेको थियो। दोश्रो भेलाबाट जिल्ला अध्यक्ष चयन गर्ने आयोजक समितिका अध्यक्ष राम किशुन महतो सुडीले जानकारी दिनु भयो।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१