Siraha Times
ताजा समाचार

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

  • फागुन ४, २०७८
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, फागुन ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छl कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए l कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए l

कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी प्रावधान, दण्ड र सजाय लगायत अन्य बिषयमा प्रकाश पारे l कार्यक्रममा सहभागी हरूले समुह कार्य मार्फत विद्यालय, घर परिवार र स्थानीय निकायले बालिकामा सकारात्मक अनुसासन कायम गर्न कार्यविधि समेत निर्माण गरिएको थियोl कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जन प्रतिनिधि, पत्रकार, कर्मचारी लगायत अन्यको सहभागिता रहेको थियोl कार्यक्रम संचालन तथा अन्य व्यवस्थापन कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गरिन् l

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१