ताजा समाचार

कपिलवस्तु विजयनगरमा स्वास्थ्यकार्मी सम्मान कार्यक्रम सम्पन्न

  • फागुन ४, २०७८
  • ११७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर गाउँपालिका गेडुवजोत कपिलवस्तुको विजयनगरमा स्वास्थ्यकार्मी सम्मान कार्यक्रम सम्पन्नभएको छ । सोमवार पालिकाको सभाहल खडैचामा स्वास्थ्यकार्मीलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ । कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यकार्मीहरुलाई सम्मान गर्दै कोभिडको समयमा पनि दिनरात खटि अपनो जीवनको प्रवाह नगरि जनताको सेवामा खटिने स्वास्थ्यकर्मीलाई भगवानको दोस्रो रुप हुन भन्दै प्रशंसा गर्नु भयो । त्यस्तै कार्यक्रमलाई स्वागत गर्दै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्यमा भएको परिर्वतनमा स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । यस्तै कार्यक्रमलाई सम्बोधन गदैँ प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद भटट्राईले स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान गर्नुभएको बताउनु भयो । वडा अध्यक्ष प्रेम बहादुर कलवारले पाँच वर्ष सम्म गरेको कार्यले तेसको परिणाम आगाडि नै आउने बताए । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पुर्णलाई सम्मान गरिएको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤